काठमाडौं, १४ मंसिर । राजनीतिक स्थिरतापछि उद्योग व्यवसायको लागि वातावरण बन्ने र त्यसले मुलुकलाई आर्थिक विकासको मार्गमा अघि बढाउने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बताएका छन् । राष्ट्रिय व्यवसायी पहल नामक संस्थामा आवद्व उद्यमीहरुसँग बिहिबार भएको भेटघाटमा सभापति कोइरालाले सहमतिमा संविधान लेखनको कामलाई अघि बढाउने र संविधान लेखनपछि मुलुकमा राजनीतिक स्थिरता भएर बाँकी समयमा आर्थिक विकासको कामसमेत अघि बढाने बताए ।
सो अवसरमा उद्योगपति पद्यम ज्योतिले जनताको इच्छा मुलुकमा राजनीतिक स्थायित्व होस् र लगानी तथा आर्थिक विकासको वातावरण बनोस् भन्ने रहेकाले राजनीतिक दलका नेताले राजनीतिक विषयलाई संसदमार्फत टुङ्ग्याउनुपर्ने धारणा राखे । त्यसका लागि राजनीति कलकारखाना, उद्योग र सडकमा नभई संसद्भित्र हुनपर्यो भन्ने जनादेश निर्वाचनले दिएकाले राजनीतिक मुद्दालाई राजनीतिक तहमै सकेर आर्थिक विकासका लागि वातावरण बनाउन आग्रह गरे । सो अवसरमा सुरेन्द्रवीर मालाकार र उमेश श्रेष्ठ लगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया