बास्कुनाको सुन्तला काठमाडौंमा

म्याग्दी : सुन्तलाखेतीका लागि पकेट क्षेत्र मानिने म्याग्दीको सिङ्गा–२ बास्कुना गाउाका किसानले उत्पादन गरेको सुन्तला काठमाडाौ निर्यात हुन थालेको छ । गाउामा यातायात पुगेपछि यहाा उत्पादन भएका सुन्तला सिधै काठमाडाौ ढुवानी हुन थालेको हो । व्यवसायीले बास्कुनाको सुन्तला स्वादिलो भएकाले खरिद गरी लैजान थालेको बताइएको छ । करिब २५ घरधुरी रहेको बास्कुनामा सबै कृषकले सुन्तलाखेती गरेपनि १० घरका कृषकले व्यावसायिकरुपमै सुन्तला बगौचा बनाएर खेती गर्दै स्थानीय कृषक भीमबहादुर थापाले बताए ।
कालीमाटीमा पुर्‍याइएको सुन्तलाबाट कृषकलाई प्रतिकिलो ४२ रुपिँया आम्दानी हुने गरेको कृषक थापाले बताए । यस वर्ष यहाँबाट २५ लाख बराबरको १० टन सुन्तला निर्यात भएको तिलक गुरुङले बताए । उनका अनुसार गत वर्ष बास्कुनाबाट १५ लाख बराबरको सुन्तला निर्यात भएको थियो । बास्कुनामा स्थानीय लालबहादुर केसी, देउबहादुर हुमेन, नरबहादुर हुमेन, जसबहादुर थापा, नरबहादुर केसी, तिलक गुरुङ, मनबहादुर केसी, भीम गुरुङ, रुपा गुरुङ, तिलक केसी, कुन्तवीर श्रीसलगायतका कृषकले बगैंचा नै स्थापना गरी सुन्तलाखेती गर्दै आएका छन् ।

प्रतिक्रिया