धाधली छानबिन गराउन अदालत जानुस्

काठमाडौ, १३ मंसिर । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एमाओबादीसहितका १४ दललाई चुनावप्रति कुनै आशंका भए अदालत जान सुझाव दिएका छन् ।

कांग्रेस–एमालेलगाएत दलले चुनावमा धाधली गरेकाले परिणाम फरक परेको दावी गर्दै बुधबार कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका एमाओबादी अध्यक्ष पुष्पकमल दाहालसहित असन्तुष्ट नेताहरुलाई प्रमुख आयुक्त उप्रेतीले अदालत जान सुझाव दिएका हुन् । उप्रेतीले चुनावप्रति असन्तुष्ट नेताहरुलाई धाँधली छानबिन गर्ने निकाय आयोग नभई अदालत भएको जवाफ दिएका थिए ।
दोस्रो संबिधानसभा चुनावको प्रत्यक्षतर्फको नतिजा आउनासाथ एमाओबादीलगाएत दलले धाँधली भएको जिकिर गर्दै आएका छन् । उनीहरुको जिकिरलाई सम्बोधन गर्ने निकाय संबैधानिक अदालत भएका कारण त्यही जान उप्रेतीले सुझाएका हुन् । नेताहरुसंग उप्रेतीले चुनावमा धाधली नभएको जिकिरसमेत गरेका थिए ।

प्रतिक्रिया