काठमाडौं : सिक्किमबाट नेपाल भ्रमणमा आएका प्रेसक्लब अफ सिक्किमका पत्रकारहरूलाई
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले सम्मान गरेको छ । उनीहरूलाई मन्दिरले मायाको चिनोका रूपमा ‘देशेमरू झ्या’ प्रदान गरेको थियो भने प्रेसक्लबले शान्तिको प्रतिकका रूपमा थाका चिनो दिएको थियो ।
कार्यक्रममा दुवै देशको सांस्कृतिक विषयमा बृहत चर्चा हुनुका साथै साहित्य, कला र संगीतका क्षेत्रमा मिलेर काम गर्ने तथा नेपाली भाषा–साहित्य, नाटक, फिल्म र संगीतको आदानप्रदान गर्ने उद्देश्यले ‘सिक्किम–नेपाल साहित्य–कला–संगीत समाज’ को स्थापना गरिएको थियो ।
नेपालको तर्फबाट बसन्त चौधरी तथा सिक्किमका तर्फबाट जोसेफ लेप्चा संयोजक रहेको समाजका सदस्यमा श्याम प्रधान, भीम राउत, अमीत पात्रो, प्रवीण खालिङ, हिस्से डोमा, सञ्जय प्रधान, रूपेश शर्मा, हरिहर शर्मा, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, रमण घिमिरे, नमो दीक्षित र कविता शर्मा रहेका छन् । (सौस)
प्रतिक्रिया