नेपाल एक पूण्यभूमि हो । स्कन्धपुराणको ६९ औँ अध्यायमा उल्लेख छ–‘आर्यश्रेष्ट ने–मुनि ठूला तपस्वी थिए । हिमालय पर्वतको काखमा सप्तऋषिका साथ रहन्थे । देवीको आज्ञा र वरलाई स्वीकारेर ‘नेमुनि’ ले पशपतिक्षेत्रलाई निरन्तर धर्मले पालन गरेका थिए ।’ त्यही पूण्यभूमि हो अहिलेको नेपालअधिराज्य । तर यही पूण्यभूमि नेपाललाई २०६३ सालपछि साझा रोगले आक्रमण गर्यो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अथक नेतृत्वमा सम्पूर्ण जात–जातिहरूको सक्रियतामा विशाल नेपालको सिर्जना भएको कुरा बिर्सिए । तर २०६३ सालपछि यो पवित्र हिन्दु तथा बौद्धभूमिलाई विदेशी गुप्तचर संस्थाले उचालेका पार्टीका राष्ट्रघाती कुलङ्गारहरूले यो राष्ट्रमा विखण्डनको रोग सल्काए । जातीय संघीयता, ‘एक मधेस एक प्रदेश’, धर्मनिरपेक्षको नाममा इसाईकरण गराउन खोजेर यो यूण्यभूमिको अस्मिता माथि बलत्कार गराउने दुस्प्रयास भए । ए–माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराई यी दुबै क्रिस्चियन भएको यिनीहरू मार्फत भारतीय गुप्तचर संस्था, यरोपियन राष्ट्रहरू र सीआए समेतले ए–माओवादीलाई भित्रभित्रै सहयोय पुर्याएकाले ए–माओवादी जातीय पहिचान सहितको संघीयताको मुद्धा उठाएर नेपाललाई तहसनहस गराउन लागि परेको थियो । उता भारतीय गुप्तचर संस्था रअ ले ‘एक मधेस एक प्रदेश’ को लागि भारतीय इशारामा चल्दै आएका भ्रष्ट मधेसीहरूलाई प्रसस्त पैसा, मोटर सुविधा दिलाएर नेपाल टक्रयाउने षडयन्त्रले जरा गाड्न लागेको थियो ।
देशको स्थिति नाजुक भइरहेको अवस्थामा २०६४ सालमा निर्वाचित संविधानसभाले संविधान बनाउन नसकेपछि फेरि भारतकै दबाबमा दोस्र्रो संविधानसभाको निर्वाचन भयो । यद्यपि गैर संवैधानिक गरिकाले यो निर्वाचन गराइएता पनि नेपाली जनताले आफ्नो अभिमत दिएर विखण्डनकारी शक्ति जातीय संघीयता, ‘एक मधेस एक प्रदेश’का कुचक्रीहरूलाई लखेटेर धपाउने काम गरे । कांग्रेस र एमाले असफल भइसकेका पार्टीहरू भएता पनि अन्य कुनै विकल्प नपाएर कांग्रेस र एमालेका नेताहरू जति नैं भ्रष्ट र गैरजिम्मेवार भएता पनि उनीहरूलाई अत्यधीक मत दिएर राष्ट्रघाती संयन्त्रकारहरूलाई लखेट्ने काम गरे । हो, नेपाली जनताले नेपालको राष्ट्रियताको वकालत गरेको आधारमा राप्रपा–नेपाललाई समर्थन गर्न चाहेता पनि कांग्रेस र एमाले जस्तो संघठीत पार्टी जस्तो राप्रपा–नेपालको अवस्था नदेखेर वाध्यतावस कांग्रेस र एमालेलाई जनताले समर्थन गरेका हुन् । यसहिसावले कांग्रेस र एमालेहरूले २०४८ सालको जस्तो अहंकार, घमण्ड नगरेर सबैपक्षलाई समेटेर नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई कसरी सुदेढीकरण गर्न सकिन्छ भन्ने बाटो अवलम्बन गर्न सक्नुपर्छ । यदि फेरि उही पुरानो कुरा दोहार्याइयो भने अव त्यस्ताहरू जनकारवाहीमा पर्न सक्छन् । अव नेपाली जनताले देश डुबाउन खोज्ने कपुतहरूलाई छोड्ने छैनन् ।
२०६३ सालपछिका सत्तासीनहरूले युगपुरुष पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपाललाई लथालिङ्ग बनाउन खोजे । त्यसबेला कांग्रेस, एमाले पनि अछुतो थिएन । निर्वाचनको बेला माओवादी नेता प्रचण्डले भने–‘पृथ्वीनारायण शाहको आवश्यकता उसबेला थियो अव छैन ।’ यो कस्तो लवरजस्तो कुरा ? विदेशीहरूबाट पैसा खाएर जातीय संघीयता, धर्मनिरपेक्ष, गणतन्त्रको आधारमा एकीकृत रूपमा संगठीत नेपाली जनतामा फूट ल्याएर सार्वभौम–नेपाल टुक्रयाएर यो पवित्र हिन्दु तथा बौद्धभूमिमा इसाईकरणगर्दै नेपाललाई अफगानिस्तान, इराक र सुडानको अवस्थामा पुर्याउन चाहेका थिए । तर त्यसको बिरुद्ध नेपाल अधिराज्यभरी संगठीत रूपमा नेपाली जनताले आफ्नो मत दिए । तर दु:खको कुरा २०५८ साल जेष्ठको राजदरबार हत्याकाण्ड भयो । त्यसबेला राजा ज्ञानेन्द्रले राजसिंहसानमा बस्न चाहेका थिएनन् तर कांग्रेसका गिरिजा र माधव नेपालहरूले बिन्ति गरेर राजसंस्थाको निरन्तरताको लागि राजा ज्ञानेन्द्रलाई राजसिंहसानमा कुर्णेशगर्दे दाम राखेर आरोहण गराए । तर पछि कांग्रेस र एमालेका नेताहरूले नैं विदेशीको दबाबमा गैर–संवैधानिक र जनताको अभिमत बीना गणतन्त्रको पक्षमा लागे । यहीबाट प्रारम्भ भयो राष्ट्रविखण्डनका बाटाहरू । २०४७ सालको संविधानमा अड्न नसक्ने कांग्रेस र एमालेका नेताहरूको गद्दारी थियो । कांग्रेस र एमालेका नेताहरूले यो पूण्यभूमिको महत्व बुझ्न नखोजेर नेपाली आमाको चीरहरण गर्न विदेशीहरूलाई घरभित्र हुल्न खोजियो ।
नेपालको इतिहास गौरवलाग्दो छ । यसक्षेत्रका ससाना ५४ राज्यहरूलाई एकीकरण गरी नेपालका शाहबंशीय राजाले सम्राज्यवादी शक्तिसाग भिडेर स्थापित भएको सार्वभौम भूमि हो यो । पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्रियता, स्वतन्त्रता र समानताको लागि मार्गदर्शनगर्दै नेपालअधिराज्यको जिम्मा यहींका सन्ततिहरूलाई छोडेका थिए । स्मरणीय कुरा छ– भारतका विभिन्न राज्यहरूमा धेरै हिन्दुहरूको बसोवासो भएकाले अंग्रेजले भारतलाई धेरैपछि हिन्दुुस्थान नामाकरण गरेको हो । भारतबर्षलाई हिन्दुस्तान भन्नु भन्दा धेरै अगाडि पृथ्वीनारायण शाहले–‘सबै जात छत्तीसे वर्नको यो असल हिन्दुस्थाना हो’ भनेका थिए । यो नै हामी नेपालीहरूको गौरवको इतिहास हो । नेपालको राजसंस्था भनेको, सामन्तहरूको पथपर्दशक नभएर, नेपालका सम्पूर्ण जाति, जनजातीहरूको संरक्षक हो । उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर कस्तो कुटनीति अवलम्वन गर्नुपर्दछ भन्ने कुरा पृथ्वीनारायण शाहले उसैबेला राम्ररी बुझेर भनेका थिए– ‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसाग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनिया कंगाल गरी छाडछन् ।’ वास्तवमा २०६३ सालको आन्दोलनपछि अंग्रेजी दासत्व भोगेको भारतीय कांग्रेसकी सोनिया गााधीको सरकारले त्यही कुकार्य गर्दैआएको कुराबाट उनी कति दुरदर्शी थिए भन्ने कुरा स्पष्ट भएको छ ।
माओवादीका नेता बाबुराम भट्टराईको दबाबमा भारतीय गुप्तचर संस्था ‘रअ’ र बाबुराम भट्टराईकै दबाबमा गृहमंत्री बनेका गद्दार कृष्ण सिटौलाले २०६३को जनआन्दोलनपछि सिंहदरबार अगाडिको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पौष २७ मनाउादै आएको जन्मजयन्ती हटाए । राष्ट्रनिर्माता, आदिकवि भानुभक्त र राजा महेन्द्र जस्ता राष्ट्रियताका पहरेदारहरूको शालीक फुटाएर नेपाली राष्ट्रवादी नेपाली जनताको तेजोवध गर्ने काम गरे । उनैको सक्रियतामा ४० लमख भारतीयहरूलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाइयो । यो भन्दा राष्ट्रघात के हुन सक्छ ? धिक्कार छ परचक्री भारतीयहरू र नेपालका देशद्रोहीहरूलाई ! २०७० सालको निर्वाचनमा भारतीय पैसाको खोलो बगाएर त्यस्ता कपुतले पनि जिते तर त्यस्ता अपराधीको बाटोमा अव नेपाली कांग्रेस हिड्ने छैन । २०६३ सालपछि यस्तै भारतीय दलालहरू र माओवादीहरूले भारतीय कांग्रेसका केही नेता र गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा गणतन्त्र, धर्मनिरपेक्ष, संघीय स्वरूपको जातीय स्वायत्तताको कुरालाई उचालेर राष्ट्रिय अखण्डतामा आाच पुर्याउने काम गरेर फेरि देश टुक्रयाउन अर्को संविधानसभाको निर्वाचनको धावा बोले । तर यस निर्वाचनले देश बिरोधी तत्वले हावा खान पुगे । २०७० को संविधानसभाको निर्वाचन संविधान बनाउनको लागि थिएन, नेपाल टुक्रयाउने भारतीय सोनिया क्याथोलिक सत्ताको षडयान्त्रिक हस्तक्षेप थियो । त्यसलाई पनि नेपाली जनताले लखेटिदिए । तैपनि २०७० साल मंसिर ४ को निर्वाचनले पनि संविधान बनाउन सक्ने स्थिति छैन । अत: कांग्रेस, एमालेले अव आफूहरूलाई सम्हालेर राष्ट्रलाई अगाडि बढाउन राप्रपा नेपाल समेतसाग सहकार्य गरी २०४७ सालको संविधानलाई आधार बनाएर यही संसदबाट नेपालको संविधान २०७० घोषणा गरेर देशलाई निकास दिन सक्नुपर्छ ।
प्रतिक्रिया