छोरी मात्रै लिएर हिँडिन् ऐश्वर्या

aishoryaमुम्वई : बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या राय बच्चन परिवारदेखि अलग रहने इच्छालाई सामान्य रुपमा लिईएको भएपनि पछिल्लो समयमा आएर यो कुरा वास्तविकतामा परिणत हुदै गएको छ । अभिनेत्री ऐश्वर्यालाई केहि दिन अगाडि मुम्बई एयरपोर्टमा आफ्नो दुई वर्षकि छोरी आराध्याको साथ देखिएकि थिईन् ।
अभिनेत्री एश्वर्याले बताए अनुसार उनि आफ्नो परिवारसंग छुट्टि मनाउन विदेश गएकि हुन् । तर यस ट्रिपमा बच्चन परिवारका कोहिपनि सदश्य गएका छैनन् । अभिनेत्री एश्वर्या आफ्नी छोरी आराध्यालाई लिएर आफ्नो बाबा–आमा तथा भाई बुहारीको साथमा होलिडे मनाउन विदेश गएकि हुन् । केहि समय पहिला अभिनेत्री एश्वर्या जब छोरी आराध्यालाई लिएर होलिडे मनाउन जान्थिन्, त्यस समयमा उनकी आमा वृद्धा रायले साथ दिने गरेकि थिईन् । तर यस होलिडेमा राय परिवारको सबै सदश्य देखिएपनि बच्चन परिवारबाट न अभिनेत्री एश्वर्याको पति अभिनेता अभिषेक देखिए न त उनका सासु – ससुरा अमिताभ तथा जया बच्चन ।
यस खबरको पछाडि वास्तविकता के छ, त्यो अभिनेत्री एश्वर्या तथा बच्चन परिवार नै जान्दछ । तर बलिउडका समाचारहरु बताए अनुसार पछिल्लो केहि दिनदेखि अभिनेत्री एश्वर्या र अभिनेता अभिषेक छोरी आराध्याको साथ अलग घरमा रहन चाहन्छन् । किनभने सासु जया बच्चनको व्यावहारदेखि अभिनेत्री एश्वर्या खुसि रहेकि छैनन् । (एजेन्सी)

प्रतिक्रिया