एकीकृत माओवादी तेस्रोमा संघर्षरत-अपडेट

Election Ballat Box

काठमाडौं, १० मंसिर । कांग्रेसले एमालेलाई पछि पार्दै समानुपातिकमा अग्रस्थान कायम राखेको छ । कांग्रेस प्रत्यक्ष तर्फ समेत १ सय ५ सिट ल्याएर अग्रस्थानमा छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङक अनुसार कांग्रेसले ९ लाख ६९ हजार ५८ मत पाएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेले ९ लाख ६२ सय ३ सय ३२ मत पाएको छ । कांग्रेस र एमालेबीच झण्डै पाँचहजार मतको अन्तर छ ।
एमाओवादी तेस्रो सस्थानमा संघर्ष गरिरहेको छ ।

एमाओवादीले ५ लाख ९७ हजार २ सय ९३ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ लाख ६८ हजार ६६ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले ४३ हजार १ सय ६ मत पाएको छ भने राप्रपाले १ लाख ११ हजार ५ सय ४१ मत पाएको छ । मधेसी जनअधिकार फोरम नेपालले ४३ हजार २ सय ६४ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ८२ हजार ३ सय २० मत पाएको छ ।

संघीय समाजवादी पार्टीले ६१ हजार ९ सय २९ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले २७ हजार ७ सय ३९ मत पाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीले ३६ हजार ९ सय १३ मत पाएको छ ।

हालसम्म ३६ लाख ७१ हजार ९ सय ९० मत गणना भई सकेको छ । मत गणनाको तथ्याङक आउने क्रम जारी छ ।

प्रतिक्रिया