अत्याधीक जनघनत्व, उत्तर र दक्षिण विचको सांस्कृतीक, आर्थीक र शैक्षिक विकासमा रहेको अन्तर भारतका आन्तरिक चुनौती हुन् । यी नै चुनौतीलाई स्वीकारेको भारतले सबै कुराबाट पार पाउदै पछिल्ला समय आफूलाई खेलकुदकै मार्फत माथिल्लो उचाइमा पुर्यायो । क्रिकेटलाई राष्ट्रिय एकताको प्रतिक मानेको भारतले बिश्व च्याम्पियन भएरनै छाड्यो । यो त भयो नेपालको दक्षिणमा रहेको भारतको कुरा । उत्तरमा रहेको चिनले पछिल्लो २० बर्या यता आफूलाई प्रगती पथमा लम्काउदै २१ औ शताब्दीको खेलकुदमा प्रमुख शक्ति केन्द्रको रुपमा स्थापीत गर्यो ।
चिनको हकमा यो उपलब्धी छिटो र सहज भने पक्कै होइन । ब्याडमिन्टन टेबलटेनिस,उसु, र भारोत्तलनको शक्ति चिनको सफलताको प्रमुख कारण भनेको प्रस्ट निती,योजना र सुरुवाती दिनमा गरिएको खेलको छनोट पनि हो । यो सफलताको पछि खेलकुदमा गरिने खर्च र यसबाट प्राप्त हुने उपलब्धीको राम्रो लेखाजोखा र योजना अनुसार चल्ने निती नै हो । संसारमा सबै जसो देशले खेलकुदमा धेरथोर लगानी गरेका छन् । तर ,ती मध्य जसले बिना योजना खर्च मात्र गरे तीनले कहिल्यै कुनै पनि उपलब्धी पाएनन् । जुन देशले योजना अनुसार खर्च गरे ,तीनले खेलकै माध्यमबाट समृद्धी पनि प्राप्त गरे ।
भौगोलीक क्षेत्रफल र जनसंख्या दुवैको आधारमा बाग्मती अञ्चल भन्दा सानो कतारले पनि संसारलाई चकित पार्यो । रग्वी बिश्वकप र फुटबल बिश्वकपको आयोजनाको अबसर पाएको कतारले बिश्वकप २०२२ को रिहर्सलको रुपमा रहेको एसियन कपको सफल आयोजना पनि आयोजना गरेको छ । कतारले खेलकुदमै माध्यमबाट दोहारालई अन्तराष्ट्रिय ब्यपारिक केन्द्र बनाउने योजनामा सफलता पाउदै छ ।
यी सबै उदाहरण यसकारण पनि चार्च गरिएको हो की ,समृद्धहरुले पनि आर्थीक उद्धेश्य विपरित खेलकुदमै लगानी गरेका छैनन् र गर्नु पनि हुदैन । बर्षौ देखि खेलकुदलाई अनुत्पादक रुपले उपयोग गर्दै आएको नेपालमा पनि यो क्रमलाइ ताड्ने या यथाअबस्थामा अघि बढ्ने भन्ने बहस आबस्यक भएको छ । खेलकुदलाई आर्थीक रुपले पनि उत्पादन मुलक क्षेत्रको रुपमा उपयोग गर्न कै लागि पर्यटकीय खेलकुद सबै भन्दा राम्रो विकल्प पनि हो । र, यो नै नेपालको प्राृकतीक श्रोतको उपयुक्त उपयोग गर्ने अर्को माध्यम पनि ।
साइक्लीङ, डाइभिङ, राफ्टीङ र माउन्टेन स्पोर्ट्सको कारण विगत एक बर्ष देखि नेपालको पर्यटन ब्यबसायलाई समेत सहयोग पुग्दै आएको छ । ठमेल क्षेत्रमा रहेको साइक्लीङ क्लब पर्यटक भित्र्याउन मानै ब्यस्त छन् । भोटेकोसीमा निश्चित महिनाको अन्तरालमा हुने बन्जी जम्प पर्यटक भित्र्याउने अर्को प्रमुख श्रोत बनेको छ । बर्सेनी हुने अल्ट्रा रेस नेपालमा पर्यटन भित्र्याउने मुख्य आधार तयार भएको छ ।
थुप्रै खेल पर्यटन भित्र्याउन सफल भएका छन् । नेपालालई आर्थीक रुपले फइदा पनि भएका छन् । थुप्रै परिवारका आम्दानीको श्रोत यसै खाले खेलकुद बनेका छन् ।
तर, समस्या कहा नेर हो भने पर्यटन ब्यबसाय र खेल अधीकारी विचको यत्ति धेरैे दुरी छकी , पर्यटकीय खेलकुदको माध्यमबाट अर्थोपाजर्न गर्ने हरुको बैधानीकता आधार समेत अस्पस्ट छ । यिनीहरुले सञ्चालन गर्ने गतीबीध खेल हो या पर्यटन ब्यबसाय पनि हो ? यो ब्याख्या गर्ने काम कसको हो ? यीनीहरुले तीर्ने कर कत्ति हो ? यिनीहरुलाई खेलकुदको दायरमा ल्याउन पर्छ या पर्दैन ? यसलाइ नियन्त्रण गर्नु पर्छ की पर्दैन ? यो सबै अब्यबस्थालाई ब्यबस्थाीत गर्ने हे भने अझै पनि खेल क्षेत्र पर्यटक भित्र्याउने महत्वपूर्ण आधार हुन् ।
पर्यटन विकासमा मुलधारको खेलको प्रभाव
एउटा ठूलो अन्तराष्ट्रिय सतरको प्रतियोगिता आयोजना गर्दा त्यसा खेलको निश्चित मापदण्ड त हुन्छ नै । आयोजनाको स्थल र बासस्थानको ब्यबस्था प्रतियोगिता स्तर निर्धारणको एउटा मेरुदण्ड नै मानीन्छ । यस कारण जत्ति ठूलो प्रतियोगिताको आयोजना भयो । त्यसले नेपालको पर्यटन ब्यबसायलाई त्यत्तिनै सहयोग पुग्ने निश्च्चित छ । नेपालमा क्रिकेट र फुटबल संघ मात्र यस खाले प्रतियोगिता निरन्तर आयोजना गर्न सफल भएका छन् । नेपालको सोल्टी होटल र ग्रान्ड होटल यसै अन्तराष्ट्रिय खेलकुदकै कारण फइदा लिन सफल भएका छन् ।
यत्ति मात्र होइन प्रतियोगिता अबधीभर अन्तराष्ट्रिय क्षेत्रका खेलाडी नेपालमा रहने र नेपालको सास्कृतीक विविधतालार्य अन्तराष्ट्रिय क्षेत्रमा फैलाउन सहयोग गर्ने भएकाले अन्तराष्ट्रिय प्रतियोगिता पर्यटकीय ब्यबसायमा सहयोगी हुने गरेका छन् ।
नेपालमा हाल सबैभन्दा धेरै पर्यटक भित्र्याउने खेल कराते रहेको छ । सामानय तया नेपालमा आदार्जन अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा नेपालमा प्रतियोगिता आयोजान हुने गरेका छन् । यसका कारण नेपाको होटल ब्यबसायमा समेत प्रभाव परेको छ । यसै कारण साइक्लीङका कारण पर्यटन ब्यबसाय अत्याधीक प्रभावित बनेको छ ।
थप सम्भावना
मोटरिङका नया रुट नेपालका लागि थप सम्भावनाको क्षेत्र हुन् । साथै ठूला साइक्लीङ रेसमा लागि पनि नेपाल उपयुक्त भुमी हो । एसियन च्याम्पियनसीपको आयोजना भइसकेको नेपालको चोभारको ट्रायकलाई अन्तराष्ट्रिय स्तरमै राम्रो मानीएको थियो । यसैगरी त्रीसुलीको क्यानोइङ रुटलाई पनि अन्तराष्ट्रिय क्षेत्रमा राम्रो मानीएको छ ।
अहिलेको समस्या
अहिलेको सबेभन्दा ठूलो समस्या भने राज्यको तर्फबाट यस क्षेत्रमा अध्ययनको कमी नै हो । साथै पर्यटकीय क्षेत्र र खेलकुदलाई जोड्ने निकाय पनि राज्य नै हो । यी दुइ क्षेत्रसग समन्वय गरी कुन खेलमा कत्ति लगानी गर्ने र यसको उपलब्धी कत्ति हुने भन्ने अध्ययन गरेर लगानी गरे खेलकुद नै पर्यकीय विकसामा सबैभन्दा सहयोगी हुन सक्ने छ । यसरी अध्ययन र लगानी गरिने हो भने खेल क्षेत्रले नै हामीलाई समृद्धी तर्फ लम्काउनसक्ने छ ।
प्रतिक्रिया