अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने काँग्रेको निर्णय

गाईघाट : संविधानसभा निर्वाचनमा उदयपुरको क्षेत्र नं २ मा पार्टीको उम्मेदवारमाथि अन्तर्घात गरेर चुनावमा हराएको भन्दै उदयपुर काँग्रेसले केही जिल्ला नेतालाई कारबाही गर्ने भएको छ ।
शनिबार जिल्ला पार्टी कार्यालयमा बसेको काँग्रेसको बैठकले चुनावमा क्षेत्र नं २ का उम्मेदवारमाथि अन्तर्घात गर्ने केही कार्यकर्तालाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय भएको नेपाली काँग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताए ।
उदयपुरको तीन वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेपाली काँग्रेसका डा नारायण खड्का र क्षेत्र नं ३ मा नारायणबहादुर कार्की विजयी भएका थिए ।
तर क्षेत्र नं २ मा भने नेपाली काँग्रेसकी प्रमिला राई सात हजार ४३५ मत ल्याई २३ मतको अन्ततरले मात्र एमालेकी मञ्जुकुमारी चौधरीसँग पराजित भएकी थिइन् ।
क्षेत्र नं २ का काँग्रेसका उम्मेदवारहरूले राप्रपाका हरिबहादुर बस्नेतलाई सघाएर पार्टीलाई अन्तर्घात गरेका कारण क्षेत्र नं २ मा हार्नुपरेको नेपाली काँग्रेस उदयपुरको ठहर रहेको छ । (सौस)

प्रतिक्रिया