ऐश्वर्या सासु जया बच्चनसँग रुष्ट / खटपट

Aishwarya Rai and Jaya Bachchan-मुम्बई । पछिल्ला दिनमा अभिताभ बच्चनको परिवारका विषयमा विभिन्न खालका कुरा र चर्चा हुन थालेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुहारी ऐश्वर्या राय बच्चन र सासु जया बच्चनबीच खटपट चलिरहेको बताएका छन् ।
‘ऐश्वर्या र उनकी सासु जया बच्चनका बीच केही ठीक चलिरहेको छैन,’ स्रोतले भन्यो, ‘यही कारण ऐश्वर्या अब आफ्नी सासु–ससुरसँग अलग रहना चाहेकी छन् ।’
ऐश्वर्या र जयाक बीचको झगडा ऐश्वर्याको ‘लाइफमा जयाको केही ज्यादा हस्तक्षेप’ रहेको समाचारमा जनाईएको छ । ऐश्वर्यालाई जयाले खुल्ला छाड्न नचाहेको पनि बताईएको छ । खुल्ला हुन नदिने जयाको व्यवहार ऐश्वर्यालाई मन परेको छैन ।
‘ऐश्वर्याले सानातिना कुराको जानकारी सासु जयालाई दिनु पर्छ,’ स्रोतले भन्यो, ‘त्यही कारण ऐश्वर्या बच्चन परिवारसँग अलग हुन चाहन्छिन् ।’
केही समय पहिला सार्वजनिक कार्यक्रममा फोटो खिच्न खोज्ने फोटोग्राफरलाई समेत जयाले गाली गरेकी थिईन । फोटोग्राफरले ऐश्वर्याको नाम लिएर बोलाए पछि जयालाई मन परेको थिए । त्यही कारण गाली गरेको समाचारमा उल्लेख छ ।
‘किन ऐश्वर्या, ऐश्वर्या भनिरहेका छौं ?’ जयाले भनिन्, ‘उनी तिम्रो क्लासमा पढ्ने गर्छिन् कि के हो ?’ जयालाई बुहारी Bachchan familyऐश्वर्याको नाम लिएका मन पर्दैन ।
उता, ऐश्वर्यालाई सञ्चारमाध्यममा दिएको अभिब्यक्ति मन परेको छैन । यस बारेमा ऐश्वर्याले सासु जयासँग रिस पनि पोखिसकेकी छन् । यद्यपि, ऐश्वर्यालाई आफ्ना पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनसँग कुनै गुनासो छैन ।
ऐश्वर्याकी एउटी छोरी पनि छिन् । छोरी जन्मिए पछि पनि ऐश्वर्या फिल्ममा काम गर्ने तयारी समेत गर्दै छिन् । सासु बुहारीको समस्याका कारण ऐश्वर्या र अभिषेक आफ्ना आमा–बासँग अलग बस्ने तयारी गरेको बलीउडमा चर्चा हुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया