दोलखाको दुवै क्षेत्रमा एमाले विजयी

दोलखा ९ मंसिर । दोलखा क्षेत्रका नम्बर एकमा पार्वतले १६ हजार २ सय ८१ मत ल्याएर विजयी भएका छन् भने जिपछिरिङ लामाले १२९९८ मत प्राप्त गरे । त्यसैगरी एमाओवादीका विशाल खड्काले ९०७८ मत ल्याएका छन् । क्षेत्रका नम्बर २ मा एमालेका आनन्दप्रसाद पोखरेलले १४ हजार ७ सय २ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका ताराबहादुर कोइरालाले १० हजार ६ सय ६३ मत ल्याएका छन् । एमाओवादीका शंकर लामाले ८ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् ।

पोखरेल ०५६ मा निर्वाचित संसद थिए । ०६४को संविधानसभा निर्वाचनमा पराजय भोगेका ५४ बषिर्य आनन्द फेरि यस पटक विजयी भएका छन् । दोलखा जफेमा इन्द्रप्रसाद र रन्धताका छोरा आनन्द २०२९ मा राजनीतिमा प्रवेश गरेका हुन । उनले स्नाकोतरसम्म अध्ययन गरेका छन् ।
दोलखा क्षेत्र नम्बर १ बाट एमालेका पार्वत गुरुङ भएपछि उनका प्रतिद्धन्दी कांग्रेसका जिपछिरिङ लामाले खादा लगाएर बधाईं दिदै शुभकामना संविधान निर्माणको शुभकामना दिएका छन् ।
प्रजातान्त्रिक पद्धतीको मर्यादा राख्नुपर्ने भन्दै लामाले विजयी पार्वतलाई संविधान निर्माण प्रकृया र दोलखाको विकासमा सहकार्यसाथ काम अघि बढाउन शुभकामना दिए । हसिलो अनुहारमा एमालेको जुलुस भित्र पसेर पार्वतलाई शुभकामना दिएर उनी मत गणना क्षेत्रबाट वाहिरिएका थिए ।
दोलखा सुरीमा जन्मिएका ४५ बर्षिय पार्वत मकरध्वज गुरुङ र जितूमायाको छोरा हुन् । राजनीतिशास्त्र र आर्युवेद चिकित्सामा स्नातक उनी २०३७ सालको कलिलो उमेरमा राजनीतिमा प्रवेश गरेर भूमिगतकालको राजनीतिदेखि जिल्ला पार्टीको प्रमुख भूमिकामा समेत पुगिसकेका छन् । स्थानीय निकायको नेतृत्व गरिसकेका उनी गैरसकारी संस्थाको प्रर्वतकको हैसियतले जिल्लाभर परिचित छन् ।

प्रतिक्रिया