नेमकिपाका विजुक्छे भक्तपुर–१ मा विजयी

Narayanman-Bijuksheकाठमाडौं, ८ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे भक्तपुर–१ मा विजयी भएका छन् ।

नेमकिपा अध्यक्ष विजुक्छेले प्रतिद्वन्द्वी कांग्रेसका कृष्णलाल भँडेललाई पराजित गरेका हुन् । विजुक्छेले २० हजार ४ सय ४६ मत पाएका छन् ।

विजुक्छेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भँडेलले १२ हजार ८ सय २६ मत पाएका छन् ।

विजुक्छे भक्तपुर–१ मा पाँचौं पटक विजयी भएका हुन् । २०४८ सालको निर्वाचनदेखि विजयी हुँदै आएका छन् । भक्तपुरमा नेमकिपाको राम्रो पकड छ ।

प्रतिक्रिया