दाहाल काठमाडौंमा पराजित सिराहामा विजयी

Puspakamal-Dahalकाठमाडौं, ८ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सिराहा–५ मा झिनोमत अन्तरले विजयी भएका छन् ।

दाहालले १५ हजार २ सय ४४ मत गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी एमालेका लीला श्रेष्ठले १४ हजार ३ सय २३ मत पाएका छन् ।

काठमाडौं र अन्य क्षेत्रहरुमा एमाओवादी पराजित भए पछि दाहालले पत्रकार सम्मेलन गरेर मतगणना प्रक्रिया बहिष्कारको घोषणा गरिसकेका छन् ।

यस अघि, अध्यक्ष दाहाल काठमाडौ–१० मा पराजित भएका थिए । उनलाई कांग्रेसका राजन केसीले पराजित गरेका हुन् ।

काठमाडौं–१० मा दाहालले १२ हजार ८ सय ५२ मत पाएका छन् । केसीले भने १३ हजार ६ सय १५ मत ल्याएका थिए ।

प्रतिक्रिया