सर्लाहीमा एमाले अध्यक्ष खनला पराजित

JNकाठमाडौं, ८ मंसिर । सर्लाही–१ मा एमाले अध्यक्ष झलनाथ खनाल पराजित भएका छन् ।

खनाललाई एमाओवादीका शम्भुलाल श्रेष्ठले ९ हजार ४ सय ७६ मत मत ल्याएका छन् । उनले खनाललाई ६ सय ८६ मतको अन्तरले पराजित गरेका हुन् ।

खनाल गृह जिल्ला इलाम र सर्लाहीका दुई क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

अध्यक्ष खनालले ८ हजार ७ सय ९० मत मात्रै पाएका छन् । विजयी भएका श्रेष्ठ पूर्व कांग्रेस नेता हुन् । कांग्रेस छाडेर एमाओवादीका तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया