नेप्से ६३४ मा, तीनपटक सक्रिट ब्रेक

काठमाडौं, ७ मंसिर । नेप्से सूचक पाँच प्रतिशत माथि चढेपछि बिहीबार तेस्रो सर्किट ब्रेक लागेको छ । नेपाल स्टकमा तीनपटक सर्किट ब्रेक लागेपछि त्यो दिनको सबै कारोबार रोकिन्छ । अब आइतवार मात्रै नेपाल स्टक एक्सचेञ्ज खुल्नेछ । तेस्रो सर्किट ब्रेकअघि नेपाल स्टक ३० अंकले बढेर ६३० अंकमाथि पुगेको थियो ।

बिहीबार दिउँसो साढे १ बजेसम्म चार करोडको कारोबार भएको थियो भने कारोबार भएका ३९ सबै कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनी नेपाल लाइफ इन्सुरेन्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्य दश प्रतिशत बढेको थियो भने छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत माथि बढेको छ ।
दोस्रो सर्किट ब्रेकपछि बजार फेरि खुल्दा बजारमा१७ कम्पनीको सेयर कारोबार भएको थियो । १७ कम्पनीको सेयर कारोबार हुँदा कुनै पनि कम्पनीको मूल्य घटेको थिएन । बजार फेरि चार प्रतिशत बढेपछि नेपाल स्टकले दोस्रो सर्कटि ब्रेक लगाएको थियो । १५ मिनेटको सर्किट ब्रेकपछि फेरि बजार खुल्दा पहिलो आधा घन्टामा नेपाल स्टकमा जम्मा एक करोड रुपैयाँको मात्रै कारोवार भएको थियो ।
लगानीकर्ताले १२ अर्ब कमाए
१५ मिेटको कारोबारमा लगानीकर्ताले १२ अर्ब रुपैयाँ कमाए । त्योभन्दा अघि बजार बन्द हुँदा छ खर्ब आठ अर्ब रहेको बजार पुँजीकरण १५ मिनेटको कारोबारपछि बढेर ६ खर्ब २० अर्ब रुपियाँ पुगेको थियो ।
संविधानसभाको निर्वाचनपछि खुलेको बजारमा अत्यधिक चाप देखिएपछि बजार उच्चले बढेको छ । कारोबार खुलेको १५ मिनेट मै परिसूचक २१.२८ अंक (३.५४ प्रतिशत) बढेपछि नेप्सेले सर्किट ब्रेक लगाएको थियो । नेप्सेमा कारोबार भएको नेपाल टेलिकम, एसियन लाइफ र बैंकहरुमा जनता, लक्ष्मी, नबिल, नेपाल बंगलादेश बैंक, एनसिसी बैंकलगयतको मूल्य बढेको छ ।

प्रतिक्रिया