काठमाडौं, ७ मंसिर । कांग्रेस र एमालेले दोस्रो संविधानसभा चुनावको मतगणना बहिष्कार गरेर एमाओवादीले जनताको अपमान गरेको जनाएका छन् ।
कांग्रेसले पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरी संविधानसभा चुनावलाई विजय र पराजयको दायराभन्दा माथि उठेर जनआकांक्षा पूरा गर्ने र संविधान बनाउने अवसरका रूपमा लिन आग्रह गर्दै यस्तो जनाएको हो । मतगणनाको प्रारम्भिक परिणाम आउन थालेपछि एमाओवादीले हठात् र रहस्यमय ढंगले आफ्ना प्रतिनिधि फिर्ता बोलाई मतगणना बहिष्कार गरेर जनतालाई अपमानित गरेको कांग्रेसले टिप्पणी गरेको छ ।
चुनावमा आफू धेरै पछि परेको प्रष्ट भएपछि एमाओवादीले बहिष्कारको निर्णय गरेको उल्लेख गर्दै कांग्रेसले एमाओवादीको अलोकतान्त्रिक चरित्र फेरि उदाङ्गो भएको ठहर गरेको छ । ‘समग्रमा चुनाव पारदर्शी ढंगले भएको छ, चुनावप्रति चुनौती गर्नु भनेको जनताको अपमान हो,’ उपसभापति रामचन्द्र पौडेलले पत्रकार सम्मेलनमा भने, ‘चुनावी प्रक्रियाको पुनरावलोकन गर्नुपर्ने एमाओवादीको प्रस्ताव स्वीकार्य छैन ।
उपसभापति पौडेलले कुनै घटनाविशेषमा छानबिन हुन सक्ने स्पष्ट पार्दै समग्रच ुनावको पुनरावलोकन सम्भव नरहेको प्रतिक्रिया दिए । उनले निर्वाचन आयोगको काममा खोट लगाउने ठाउ नरहेको दाबी गर्दै एमाओवादीलाई संयम राख्न र मतगणना प्रक्रियामा आउन आग्रह गरे ।
उनले शान्तिप्रक्रिया र लोकतान्त्रिक प्रक्रियामा आएको एमाओवादीले विधि प्रक्रिया पुर्याएर गरेको चुनावबाट भाग्न नहुने र खेलाडीको जस्तो उच्च मनोबलका साथ यो प्रक्रियालाई आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरे । ‘एमाओवादी अध्यक्षको प्रस्तावको यो सरकार र सबैको सहमतिमा बनेको निर्वाचन आयोग हो, जनताको जनादेश आफ्नो पक्षमा भएन भनेर भाग्नु लोकतान्त्रिक परम्परा होइन,’ उनले भने, ‘कांग्रेसले जनमत संग्रह होस् वा २०६४ सालको संविधानसभा चुनाव, आफ्नो प्रतिकूल आएको अप्रत्याशित नतिजालाई पनि स्वीकार गरेको कुरा स्मरण गराउन चाहन्छौं । चुनावी प्रक्रियामा सहभागी भएपछि त्यसको परिणाम अस्वीकार गर्नु राजनीतिक, नैतिक मात्र होइन, लोकतान्त्रिक मूल्यमान्यताको दृष्टिले समेत अनुचित हुन्छ ।’
चुनाव सरकार बनाउन मात्र नभई मूलत: संविधान निर्माणका लागि भएको भन्ने हेक्का राख्न कांग्रेसले आग्रह गरेको छ । ‘१२ बुादे समझदारीबाट प्रारम्भ भएको सहमति, सहकार्य र एकताको भावनाअनुरूप संविधान निर्माण प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्न कााग्रेस दृढ छ,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ । कांग्रेसले चुनावमा उत्साहपूर्वक सहभागी भई लोकतान्त्रिक प्रक्रिया सम्पन्न गरेको भन्दै सम्पूर्ण नागरिक र मतदाताप्रति आभार व्यक्त गर्दै बधाईसमेत दिएको छ ।
त्यस्तै एमालेले पनि चुनावी परिणाम आउन थालेको अवस्थामा मतगणना प्रक्रिया बहिष्कार गर्ने र संविधानसभामा सहभागी नहुने एमाओवादीको निर्णयलाई ‘हतास’ को संज्ञा दिादै त्यस्तो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले विज्ञप्तिमार्फत छिटफुट रूपमा भएका अनपेक्षित घटनाका बाबजुद मतदाताको उत्साहपूर्ण सहभागितामा चुनाव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उत्साहपूर्वक सम्पन्न चुनाव नकार्ने निर्णय तत्काल फिर्ता लिई मतगणना प्रक्रियामा सामेल हुन आग्रह गरेका छन् । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकद्वारा चुनाव शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाादलीरहित तरिकाले सम्पन्न भएको तथ्य सार्वजनिक भइरहेको र,’ अध्यक्ष खनालले विज्ञप्तिमा भनेका छन्, ‘स्वयम् एमाओवादी अध्यक्ष प्रचण्डले मतदान सम्पन्न भएलगत्तै चुनाव शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको वक्तव्यसमेत जारी गरिसकेको परिप्रेक्ष्यमा अचानक मतगणना प्रक्रिया बहिष्कार गर्ने, संविधानसभामा सहभागी नहुनेजस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय भएको छ ।’
एमालेले २०६४ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा पार्टीका शीर्षस्थ नेता पराजित परिणामलाई समेत स्वीकार गरेको, संविधान निर्माण प्रक्रियामा इमान्दारीपूर्वक भूमिका निर्वाह गरेको तथ्यसमेत एमाओवादीलाई स्मरण गराएको छ ।
जिम्मेवार बन्न एमाओवादीलाई सुझाव
राष्ट्रिय जनमोर्चाले एमाओवादीलाई मतगणना बहिष्कारको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्तिमार्फत मतगणनालाई निरन्तर अगाडि बढ्न दिएरे परिणाम स्वीकार गरी गणतन्त्रलाई संस्थागत गर्ने र लोकतान्त्रिक संविधान निर्माणमा भूमिका निर्माण गर्न आग्रह गरेको छ । चुनावमा सहभागी भई पराजयका कारणले मतगणनालाई नै बहिष्कार गर्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गर्दै अध्यक्ष केसीले लोकतान्त्रिक प्रणालीअन्तर्गत कुनै पनि राजनीतिक दलको चुनावमा अधिकतम सफलता प्राप्त गर्ने तथा उनीहरूमा पराजयलाई पनि स्विकार्ने भावना हुनुपर्ने स्पष्ट पारेका छन् ।
‘चुनावमा आफ्नो हार हुने स्थिति देखेकाले मतगणनालाई बहिष्कार गर्ने निर्णय एमाओवादीले गरेको छ, त्यसलाई कुनै हालतमा पनि सही मान्न सकिन्न,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपाल नागरिक समाजले एमाओवादीलाई मतगणना बहिष्कार नगर्न आग्रह गरेको छ ।
समाजका सचिव डिपी अर्यालले बिहीबार विज्ञप्तिमार्फत चुनावी परिणाम आफू प्रतिकूल हुन सक्ने पूर्वानुमान गरी मतगणना बहिष्कार गर्ने तथा गैरजिम्मेवार अभिव्यक्ति दिने कार्य लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने उल्लेख गरेका छन् । एमाओवादीको यस्तो कार्यबाट कसैलाई पनि हित नहुने विज्ञप्तिमा उल्लेख छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक, बुद्धिजीवी, विश्लेषक, सबै राजनीतिक दल तथा मतदाताले चुनावलाई निष्पक्ष र शान्तपूर्ण वातावरणमा भएको बताइरहेको स्पष्ट पार्दै एमाओवादीलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रतिक्रिया