सप्तरीको एउटा केन्द्रमा पुन: मतदान हुने

saptariकाठमाडौं, ६ मंसिर । निर्वाचन आयोगले सप्तरी जिल्लाको क्षेत्र नम्बर २ को एउटा मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको छ ।

बर्साइन गाविसको राजाजी राष्ट्रिय प्रावि, बनरझुला (क) मतदान केन्द्रमा गत मंगलबार भएको मतदान रद्द गरी पुन: मतदान गर्न निर्देशन दिएको आयोगद्वारा आज (बिहीबार) जारी बुलेटिनमा उल्लेख छ ।

मतदाता संख्याभन्दा अधिक मतदान भएको पाइएपछि सो केन्द्रको मतदान रद्द गरिएको हो । केन्द्रमा मतदान अधिकृतले पेश गरेका फारम र महिला, पुरुष जनाउने तथ्याङ्कमा ६ सय १ मत उल्लेख भएकोमा मतगणना गर्दा ६ सय ५१ थान मतपत्र पाइएको थियो ।

संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० को दफा ४२ को उपदफा ३ बमोजिम उक्त मतदानकेन्द्रको मतदान रद्द गरी पुन: मतदान हुने मिति र समयसहितको सूचना प्रकाशत गर्न पनि आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया