एमाओवादीको वहिष्कार दुर्भाग्यपूर्ण: कोइराला

Sushil-Koiralaनेपालगञ्ज, ६ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले मतगणना प्रक्रिया बहिष्कार गरेर प्रतिनिधी फिर्ता बोलाउने कार्य दुर्भाग्य पूर्ण रहेको टिप्पणी गरेका छन् ।

नेपालगञ्जमा आज (बिहीबार) पत्रकारसँग कुरागर्दै कोइरालाले निर्णायक तहमा पुगिसकेको निर्वाचनलाई बहिष्कार गर्नु प्रजातान्त्रिक मूल्य र आदर्श विपरीत भएको बताए ।

‘अन्तिम चरणमा पुगेको मतगणनालाई बहिष्कार गर्नु दुर्भाग्य पूर्ण छ,’ उनले भने, ‘एमाओवादीले लोकतान्त्रिक व्यवहार गर्नु पर्छ ।’

सभापति कोइरालाले जनताले दिएको मत परिणामलाई सहर्ष स्वीकार्न आग्रह गरे । ‘मत परिणामलाई स्वभाविक प्रजातान्त्रिक प्रक्रियाका रुपमा ग्रहण गर्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया