थ्रिस्टार लगातार दोस्रोपटक फाइनलमा

three-starसिक्किम, ६ मंसिर । लिग च्याम्पियन थ्रीस्टार क्लब भारतको सिक्किममा जारी ३४ औं गभर्नर्स गोल्डकपमा लगातार दोस्रो पटक फाइनलमा पुग्न सफल भएको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालामा बुधबार भएको सेमिफाइनलमा टाटा फुटबल एकेडेमीलाई १–० ले पराजित गर्दै थ्रीस्टारले फाइनलमा स्थान बनाएको हो ।

थ्रीस्टारलाई फाइनलमा पुर्‍याउने क्रममा प्रकाश बुढाथोकी नायक साबित भए । उनले खेलको ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्द थ्रीस्टारले जित आत्मसाथ गरेको हो । प्रकाशले डिबक्स बाहिरिबाट गरेको शसक्त प्रहारले जाली चुम्दा थ्रीस्टारले दोस्रो हाफको सुरुआतमै अग्रता लिएको थियो ।
त्यसअघि पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेल्दा खासै आक्रमण गर्न सकेनन् । पहिलो हाफ सकिन चार मिनेटअघि असिमजंग कार्कीको प्रहारलाई टाटा एकेडेमीका गोलकिपरले सफल हुन दिएनन् । ब्वाइज युनियनबाट लोनमा गभर्नर्स कप खेल्न सिक्किम पुगेका असिमले क्वाटरफाइनलमा थ्रीस्टारको जितमा गोल गरेका थिए ।
दोस्रो हाफको सुरुआतमा अग्रता लिएको थ्रीस्टारले खेलको अन्त्यतिर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अग्रता दोबबर पार्न चुक्यो । ७५ औं मिनेटमा जगजित श्रेष्ठले टाटाका गोलकिपरसाग वान भर्सेस वानको अवस्थानमा पाएको अवसर खेर फाल्दा थ्रीस्टार अग्रता बनाउन चुक्यो । ८० औं मिनेटमा जगजितको फ्रिकीकलाई टाटाका गोलकिपरले जोगएपनि थ्रीस्टारले १–० ले खेल जित्दै फाइनलमा स्थान पक्का गर्‍यो । अब उपाधिको लागि थ्रीस्टारले नेपालको अर्काे क्लब मनाङ मस्र्याङ्दी र कोलकत्ताको कालीघाट एफसीबीचको विजेतासाग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमको सेमिफाइनलमा बिहिबार हुादैछ ।

प्रतिक्रिया