नेताहरू चारवटा कुरामा सधैँ खराब

Raghu-Mainali-copyविधानसभाको दोस्रो चुनावपछि फेरि एकपटक पुष्टि भएको– नेपाली जनता आफ्नो दायित्व निर्वाह गर्न कहिल्यै पछि पर्दैनन् । म नेपाली हुनुका नाताले यो नतिजाप्रति गर्व गर्छु र पुन: दोहोर्‍याउन चाहन्छु– हामी भविष्वमा पनि साँच्चिकै जिम्मेवार बन्नेछौँ ।
यो स्वाभिमानको दृढतासँगै मसँग केही जिज्ञासाहरू छन्– नेपाली जनता भएका नाताले आफैँप्रति, अनि तपाईं आमजनताप्रति । हामीले ठानेजति जिम्मेवारी त पूरा गर्‍यौं तर लिनु पर्ने जति जिम्मेबारी लिएनछौँ कि ? हामीले नेतालाई विश्वस त गर्‍यौँ तर चिन्नु पर्ने जति चिनेनछौँ कि ?
म दोस्रो जिज्ञासबाट सन्दर्भ बढाउँछु– हामीले नेतालाई विश्वास त गर्‍यौँ तर चिन्नु पर्ने जति चिनेनछौँ कि ? नेपाली समाजले मेरो शैसवकालदेखि नै खराब र मुर्ख प्रवृत्ति बुझाउनका लागि दिएको एउटा गालीसहितको विम्ब हो– पशु । वर्तमान नेपाली राजनीतिमा देखा परेका खराबी र मुख्र्याईंलाई केलाउँदै जाँदा हाम्रा नेताहरूका चारवटा चरित्र खराब रहेछन् भन्ने मेरो निचोड छ । तपाईहरूमाझ वहसका लागि दफावार रूपमा तिनै निचोडहरू यहाँ राख्दै छु ।
हाम्रा नेताहरूको पहिलो पशुभन्दा खराब चरित्र हो– शक्ति लोलुपता । पशु शक्ति लोलुप कहिल्यै हुँदैन । जसले गर्दा उसलाई विजय उन्माद आउँदैन । कुनै पनि पशुले आज मैले जुघेर जितेँ, त्यो हरूवा हो भन्दै डुत्रिँmदैन । उसले अर्कोपटक भेट हुँदा पनि फेरि जुध्नै पर्छ । तर हाम्रा नेताहरू भयानक शक्ति लोलुप छन् । जसको परिणाम एकपटक जितेपछि सदाको विजयी ठान्छन् र कुर्लन्छन्– म ठूलो नेता, ठूलो पार्टी । ती चाहिँ हरूवाहरू । नेताहरूमा देखिने दोस्रो दुस्चरित्र हो– बदलाको भावना । मैले पशुमा कहिल्यै पनि बदलाको भावना देखेको छैन । त्यसले मलाई आज जित्यो, भरे भोलि बाटो ढुकेर सिध्याउँछु पख्लास् भन्ने भावना पशुमा पाइँदैन । तर हाम्रा नेताहरूमा बदलाको भावना खतरनाक ढंगले गाँजिएको छ । जसले गर्दा मैले भनेको नटेर्ने पख्लास् भन्दै चोर औँला मात्र ठड्याउँदैनन्, सत्तारूढहरू निहत्था जनतामाथि बुट र बन्दुक लिएर जाइलाग्छन भने विपक्षीहरू बाटो ढुकेर आक्रमण गर्छन्, लुकेर बम राख्छन् र यात्रा गरिरहेका, खेलिरहेका अवोध बालबालिका, अशक्त र नि:सहाय वृद्धवृद्धामाथि समेत निसाना साँध्छन् ।
नेताहरूमा पाइने तेस्रो कुचरित्र हो– मान खोज्ने वा आफूप्रति सबैको ध्यान केन्द्रित गराउने मति । पशुमा कहिल्यै पनि आफूलाई सबैले राम्रो भनिदिऊन्, वाहीवाही गरिदिऊन् वा आºनो भजन गाउन भन्ने कुचेतना हुँदैन । तर नेताहरू राम्रो देखिन र भनिनका लागि सबै खाले हर्कत गर्न तयार हुन्छन् । त्यसैले चुनावमा उनीहरू आºना कार्यकर्तालाई आदेश दिन्छन– साम, दाम, दण्ड भेद जे–जस्ता हथकण्डा अपनाएर भए पनि मलाई जिताओ । म हारे राम्रो हुँदैन । यही दम्भी र अहंकारी ‘म’ नै हाम्रा नेताहरूको अर्को भस्मासुर चरित्र हो ।
नेताहरूमा सर्वव्याप्त चौँथो कुचरित्र अरूको वेवास्ता गर्नु । पशुले आºनो वरिपरि कोही वा केही आयो भने कुनै न कुनै रूपमा त्यसप्रति संकेत गर्छ वा प्रतिक्रिया जनाउँछ । तर नेताहरू आफूले नचाहेको वा मन नपराएको सन्दर्भ, घटना वा पक्षलाई वेवास्ता गर्न माहिर छन् । विपक्षसँग भएका जायज तर्क, तथ्य र यथार्थहरूलाई पनि उनीहरू सहजै लत्याउँछन् । यही अरूलाई वेवास्ता गर्ने जन्ड मतिले नै तपाईं हामीले अर्बैं पैसा खर्चेर अनि विश्वासको मत दिएर संविधान लेख्ने जिम्मेवारी सुम्पेकाहरूले नै पहिलो संविधानसभा हाम्रै सामुन्ने राजधानी सहरको मुल सडकमै गला रेटिरेटी मारे । र, अहिलेसम्म त्यो घटनाको जिम्मेवारी लिन उनीहरू कोही पनि तयार छैनन् । कत्रो कुकृत्य, कुनै पश्चाताप छैन, गल्ती गरेँ भन्ने चेतना छैन ।
यी र यस्तैखाले चरित्र आफूलाई नागरिक समाज, वुद्धिजीवी, पत्रकार, पेसाकर्मी भनाउनेहरू हामीसबैमा कमवेशी पाइन्छ । उदाहरण यही चुनाव हुनुभन्दा दश दिन अघिदेखिका घटनालाई लिन सकिन्छ । सत्तारुढ व्यक्ति र पार्टीहरूले त माओवादीसहितका ३३ दलीय मोर्चाको आन्दोलनको पूर्ण ववास्ता गरे उनीहरूको चरित्रअनुसार स्वभाविकै थियो । सत्तरी/असी प्रतिशत गाडी सडकमा कम हुँदा पनि नेपाली पत्रकार र नागरिक समाजका अगुवाहरूले बन्द प्रभावहीन देखे । अनि उनीहरूको अहिले दाबी छ– हामीले यसै गरेर चुनावको वातावरण बनायौँ, गज्जब गर्‍यौँ । तर के सबैले बेवास्ता गर्न थालेपछि हामीलाई चखाउन ३३ दलीय मोर्चाले उपद्रो मच्चाउँदा ती अवोध बालबालिकाहरूले जीवन पीडा बेहोर्नु परेको होइन ? कम क्षति मै उनीहरूको उपस्थिति देखिदिएको भए यो दुर्भाग्य आइपर्दैनथ्यो कि । के हामी पनि त्यो मानवीय दुर्भाग्यको मतियार भएनौँ ?
अब पालो पहिलो जिज्ञासाको– आफूले ठानेजति जिम्मेवारी त हामी जनताले पूरा गर्‍यौँ तर लिनु पर्ने जति जिम्मेबारी लिएनछौँ कि ? मलाई शैसवकालदेखि नै नेपाली समाजले सिकाएको अर्को बुद्धि हो– पशुको गोठालो लाग्नु पर्छ । पशुको त गोठालो लाग्नु पर्छ भने त्योभन्दा चार गुणाबढी खराब र बेइमानहरूको गोठालो लाग्नु पर्दैन ? एकचोटी भोट दिएर चार/पाँच वर्ष हामी ढुक्कले बस्न मिल्ला त ? यहाँ हामी जनताको कुनै दायित्व छैन ?
आºनो विश्वासको मत दिएर हामी जनताले नेतालाई छाडा छोडिदियौँ । यो छाडापना भावी अराजकहरू जन्माउने अभ्यासशाला बन्यो । हामीले कुनै छनोट दिएनौँ वा उनीहरूसँग देशको भविष्यका बारेमा कुनै विकल्पहरू मागेनौँ । जसको सन्देश नेताहरूमा तिमी जे चाहन्छौँ त्यही गर्न छुट छ भन्ने पुग्यो । जसले गर्दा हाम्रा सामुन्नेमा जण्ड, उदण्ड नेताहरू बग्रेल्ती देखा परे । ०६४ सालको चुनाव र त्योभन्दा अघि कहिल्यै नउठेका परचक्री मुद्दाहरू हाम्रा विश्वासको मत लिएर जानेहरूले उठाएर चारवर्षसम्म संविधानसभामा रैदाँलो मच्चाए । तिनीहरूले नेपाली समाज र जनतालाई चिथोरे, निमोठे, किचे, थिचे र थाङ्थिलो पारे, अझै पारिरहेछन् । यही छाडापनाले गर्दा हाम्रा नेताहरूमा गल्ती गरेँ भन्ने चेत अझैसम्म पनि पलाएको छैन । यो चेत नै नभएपछि क्षमा माग्नु पर्ने कुरै आएन, अनि आइन्दा यस्तो गल्ती गर्ने छैनौँ भनी जनता सामु वाचा गर्नु पर्ने के खाँचो †
यसपटक पनि हामीले विश्वासको मत दिनुअघि नेपाली समाज र जनताको भविष्यको खाका कोर्ने उनीहरूका योजना र अडानहरूका बारेमा हामीले प्रश्न गरेनौँ । यतिसम्म कि यो विश्वासको मत कति अवधिका लागि दिइएको हो, उनीहरूको कार्यकाल कति वर्षको हुनेछ भन्नेसम्म पनि हामी अघिकांश जनतालाई विश्वासको मत दिँदाका दिनसम्म पनि थाहा छैन । कति सञ्चका हामी नेपाली जनता । खोइ त पशुको गोठालो लाग्नु पर्छ भन्ने जन्मँदै विरासतमा पाएको बुद्धि हामीमा पलाएको ? त्यसैले मेरो आग्रह छ– हामीले थप जिम्मेबारी अब लिनै पर्छ । त्यो हो नेतालाई छाडा छोडेर हुँदैन । उनीहरूको खबरदारी बारम्बार गर्नै पर्छ । यदि यसो गरेनौं भने एक जुगमा एक चोटी आउने भनिएको संविधानसभाको चुनाव नेपाली ग्रामीण समाजको आगो माग्न छिमेकीका घरमा जाने जत्तिकै दैनिकी हुनबेर छैन– दोस्रो संविधानसभा, तेस्रो संविधानसभा, चौँथो, पाँचौ । खबरदार † होस गरौँ ।

प्रतिक्रिया