सीमा–नाका सञ्चालनमा

मोरङ : चुनावलाई मध्ये नजर गरी बन्द गरिएको नेपाल–भारत सीमा खुल्ला गरिएको छ ।
संविधानसभाको मतदान कार्यलाई शान्तिपूर्ण बनाउन सोमबार सााझदेखि उक्त नाका सिल गरिएको थियो ।
नेपालको मोरङ र भारतको विहार राज्यको अररिया जिल्लामा पर्ने २० स्थानका नाका बुधबार बिहान ७ बजेबाट खुला गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नाका खुलेपछि बिहानैदेखि नेपाल–भारत दुवै तर्फका यात्रु र मालवाहक सवारीसाधन पनि सहज रुपले आवतजावत गर्न थालेका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुवै देशका उच्च सुरक्षा अधिकारीको बैठकले मंसिर २ देखि ५ गतेसम्म सीमा नाकाहरू सिल गरेको थियो ।
यसैगरी पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वका ६ जिल्लाका सिल गरिएका ५९ नाका पनि सञ्चालन भएका छन् ।

प्रतिक्रिया