बामदेव गौतम अगाडि शंकर पोखरेल पछाडि

Bamdev-Gautam

काठमाडौं, ५ मंसिर । एमालेका उपाध्यक्ष बामदेव गौतम पुरानो गृह जिल्ला प्युठानमा अग्रता कायम गरेका छन् ।
प्युठान क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिएका गौतमले अन्य प्रतिष्प्रधीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् । सो क्षेत्रमा एमाओवादीका नवराज सुवेदी र राष्ट्रिय जनमोर्चा उम्मेदवार कृष्ण पौडेलले उनलाई पच्छ्याई रहेका छन् ।
त्यसै गरी दाङको क्षेत्र नम्बर चारमा एमालेका सचिव शंकर पोखरेल पछि परेका छन् । उनलाई कांग्रेसका बुद्धिराम भण्डारीले पछि पारेका हुन् । दाङकै पाँचमा कांग्रेसका दीपक गिरी अगाडि छन् ।
काठमाडौंको नौं नम्बर क्षेत्रमा कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् । उनलाई कांग्रेसका ध्यानगोविन्द रञ्जितले पच्छ्याई रहेका छन् । सो क्षेत्रमा एमाओवादीका देवेन्द्र पौडेल तेस्रो स्थानमा छन् ।
काठमाडौंको क्षेत्र नम्बर पाँचमा एमालेका महासचिव ईश्वर पोखरेल प्रतिद्वन्द्वी भन्दा धेरै अगाडि देखिएका छन् । उनलाई कांग्रेसका नरहरि आचार्यले पच्छ्याई रहेका छन् ।
रौतहट दुईमा कांग्रेसका मोहम्मद अफ्ताव आलम पछि परेका छन् । उनलाई फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक राजाले पछि पारेका छन् । आलम कांग्रेस नेता खुमबहादुर खड्का निकटका मानिन्छन् ।
तनहुँको क्षेत्र नम्बर दुईमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल अगाडि छन् । तनहुँ एकमा शंकर भण्डारीले अग्रता कायम गरेका छन् । झापा तीनमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अग्रता कायम गरेका छन् ।
उता, सुनसरीको क्षेत्र नम्बर तीनमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले अग्रता कायम गरेका छन् ।

 

प्रतिक्रिया