‘संविधान निर्माणमा सबै जुट्नुपर्ने’

sushil_koirala-copyनेपालगन्ज : नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अर्काे संविधानसभा सदस्य निर्वाचनपछि गठन हुने संविधानसभाले नेपाली जनताको अधिकारको प्रत्याभूति, मुलुकमा दिगो शान्ति स्थापना र आर्थिक विकास गर्ने बताएका छन् ।
बाँके जिल्ला क्षेत्र नं ३ का उम्मेदवार सभापति कोइरालाले मंगलबार नेपालगन्जस्थित जिल्ला वन कार्यालयको हातामा रहेको मतदान केन्द्रबाट मत खसालेपछि पत्रकारलाई उक्त विचार व्यक्त गरेका हुन् ।
उनले यो निर्वाचन कुनै ख्याल ठट्टामा गरिएको नभई नेपाली जनतालाई लोकतान्त्रिक अधिकारसहित समृद्ध राष्ट्र निर्माण हस्तान्तरण गर्ने अभियानबाट प्रेरित रहेकाले सबैले आफ्नो मताधिकारको निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे ।
सभापति कोइरालाले भने, “राजनीतिक दलहरू अब सहमतिमा पुग्नैपर्छ, होइन भने जनताको आक्रोशका अगाडि कोही पनि टिक्न सक्दैनन् ।” मुलुकमा जसले जिते पनि लोकतन्त्र हार्न हुदैन् ।बाँके जिल्ला क्षेत्र नंं ३ मा चार अस्थायीसहित ७५ मतदान केन्द्र र ४९ हजार २८८ मतदाता छन् भने जिल्लाभरि ३०३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया