भक्तपुरमा पनि रगतको अभाव

भक्तपुर : रगतको भण्डार भनेर चिनिएको भक्तपुरमा पनि यती खेर रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा सञ्चालित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको शाखा सभापति मनोजकुमार थापाले जानकारी दिए ।
भक्तपुरमा रगत लिन काठमाडौ र ललितपुरका विभिन्न अस्पतालबाट बिरामीका आफन्तहरू आउने गरे पनि रगतको अभाव भएपछि समस्यामा परेको हो । त्यसै कारण रगत नपाए भक्तपुर जानु भन्ने नारा यतिखेर भक्तपुरमा उल्टो सावित भएको छ । रक्तसञ्चार केन्द्र काठमाडौमा रगत अभाव हुदा पनि भक्तपुरमा रगत अभाव नहुने भए पनि अहिले भक्तपुरमा नै रगतको अभाव भएको छ । दैनिक रक्तदान कार्यक्रम आयोजना भए पनि रगतको अभाव भएको हो । गत दसैदेखि नै रगत कम हुदै गएको बताइएको छ ।
यहा दैनिक ५०० पिन्टभन्दा बढी विभिन्न समूहका रगत माग हुने गरेको छ, तर रक्तदान कार्यक्रम र रक्त सहयोगी मार्फत दैनिक १०० देखि १५० पिन्टसम्म रगत जम्मा हुने गरेकाले रगतको मागलाई पूरा हुन सकेको छैन । (सौर्य)

प्रतिक्रिया