नेपालको रोमान्चक जित

cricket-nepaliदुवई : ट्वान्टी–२० विश्वकप छनोटअन्र्तगत शनिबार भएको दोस्रो खेलमा पनि नेपालले जीत दर्ता गराएको छ । नेपालले शनिवार केन्यालाई पराजित गर्दै लगातार दोस्रो जित हात पार्‍यो ।
समूह बि को दोस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । यस अघि शुक्रबार भएको खेलमा नेपालले डेनमार्कलाई ५ विकेटले हराएको थियो । दुवै खेलमा कप्तान पारस खड्काको महत्वपूर्ण योगदान रह्यो । उनले केन्याविरुद्ध शनिवार अर्धसतक प्रहार गरेका थिए भने डेनमार्कविरुद्ध शुक्रबार ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।  जितसागै नेपाल ४ अंकका साथ समूह बिको दोस्रो स्थानमा रहेको छ । समान ४ अंक भए पनि नेट रन रेटका आधारमा पपुवा न्युगिनिया समूहको शिर्ष स्थानमा रहेको छ । पहिले ब्याटिङ गर्दै केन्याल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा  १सय ८३ रन जोड्यो । जवाफमा कप्तान पारस खड्का र सुवास खकुरेलको अर्धसतको मद्दतमा ४ विकेटको क्षति २ बल बाकी छर्दै नेपालले लक्ष्य पुरा गर्‍यो । पारस र खकुरेले समान ५४ रन जोडे । खकुरेलले ४८ बलमा ६ चौका प्रहार गरे । पारसले ३१ बलमा नै ३ चौका र ४ छक्का प्रहार गरे । सरद भेस्वाकरले आक्रमक ब्याटिङ गर्दै ६ बलमै तीन छक्काको मद्दतमा २३ रन जोडे । अन्तिम ओभमरा १७ रन चाहिएको अवस्थामा सरदले पहिलो बलमा छक्का प्रहार गरे ।त्यसछि अर्काे बलमा २ रन दिएर स्ट्राइकमा । अनि लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । उपकप्तान ज्ञानेन्द्र मल्ले २२ बलमा ३२ रन जोडे ।
विनोद भण्डारीले १२ रनको योगदान दिए । ओपनर प्रदीप ऐरी १ रनमा आउट भएका थिए । ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा टस हारेर केन्याले ब्याटिङको निम्तो पाएको थियो । केन्याका लागि रकेप पट्टेलले सतक प्रहार गरेका उनले उनले ४५ बलमा नै १० छक्का र ४ चौकाको मद्दतमा १स य ३ रन जोडे । मोरिस औमाले ३७ रन जोडे । स्टेभ टिकोलोले ११, शेम नोक्चेले १० र थोमस ओडियोले ७ रन जोडे । कोलिन्स ओवियाले ६, एलेक्सले ३ र नेहेमिया ओधियाम्बोले २ रनको योगदान दिएका थिए । नेपालका जितेन्द्र मुखियाले २ विकेट लिएका थिए ।
उनले ४ ओभर बलिङ गर्दै ३१ रन दिएर २ विकेट लिएका थिए । बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दैे ३४ रन दिएर २ विकेट लिएका थिए । त्यसैगरि पारस खड्काले ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए । (एजेन्सी)

प्रतिक्रिया