काठमाडौं, २ मंसिर । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षालगायत आवश्यक सबै तयारी पूरा भएकाले निर्धक्क मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आब्हान गरेका छन् ।
प्रमुख आयुक्त उप्रेतीले निर्वाचनमा सहभागी नभएको पक्षले पनि मतदातालाई अवरोध नगर्ने भनेकाले निर्धक्क भएर मङ्सिर ४ गते भोट खसाल्न सम्पूर्ण मतदातालाई आग्रह गरे । “लोकतन्त्रमा विरोध गर्न पाइन्छ अवरोध गर्न पाइदैन, निर्वाचनमा भाग नलिनेले पनि मतदातालाई अवरोध गर्दिन भनेकाले ढुक्कसाथ मतदान गर्न आग्रह गर्दछु” शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले भन । दुई लाखभन्दा बढी सुरक्षाकर्मीसहित चार लाखभन्दा बढी जनशक्ति निर्वाचनका क्रममा देशभर खटिएको जानकारी प्रमुख आयुक्त उप्रेतीले दिए । उनका अनुसार १८ हजार ४सय ८५ मतदान केन्द्रमा जनशक्तिसहित मतपेटिका, मतपत्र र परिचयपत्र पुगेका छन् ।
प्रमुख आयुक्त उप्रेतीले मंसिर ४ को निर्वाचन ऐतिहासिक रूपमा सफल हुनेमा आफू ढुक्क भएको धारणा राखे । “सबै किसिमले सबै तयारी पूरा गरेका छाौ, सुरक्षाको पनि राम्रो प्रबन्ध छ मतदाताहरू आ–आफ्नो क्षेत्रमा जाने घुइाचो लागेको छ, हामी ठूलो यज्ञ पूरा गर्न तयार छाौ लोकतन्त्र संस्थागत गर्न”, प्रमुख आयुक्त उप्रेतीले भने । मतदाता परिचयपत्र वा नभए नागरिकता लगायतका सरकारी प्रमाणपत्र लिएर सहज ढङ्गले मतदान केन्द्रमा मत खसाल्न तयार रहन एक करोड २१ लाख ४७ हजार मतदातालाई प्रमुख आयुक्त उप्रेतीले आग्रह गरे । उनले मतदाताले सही र बदर नहुने ढङ्गले मत खसाल्न पनि आग्रह गरे ।
“डर, त्रास र आतङ्क फैलाउने व्यक्ति र आतङ्कवादीलाई सरकारले कानुनको दायरामा ल्याउनुपर्छ, नागरिकले पनि त्यस्तो कामको तिरस्कार गर्नुपर्छ, त्यस्तो काम राष्ट्रघाती झै हुन्छ र त्यसमा क्षमा दिनुपर्छ भन्ने छैन,” प्रमुख आयुक्त उप्रेतीले भने । शनिवार राति १२ बजेबाट दल र उम्मेदवारले प्रचार गर्ने अवधि सकिएको छ ।
प्रतिक्रिया