शक्ति दुरुपयोग गरे निषेधको राजनीति: गुरुङ

dev gurungकाठमाडौं, १ मंसिर । नेकपा–माओवादीका सचिव देव गुरुङले प्रमुख चार दलले राज्यको स्रोत र साधन दुरुपयोग गरेर निषेधको राजनीति गरेको आरोप लगाएका छन् ।

भक्तपुरमा आज (शनिबार) पत्रकारसँग कुरागर्दै गुरुङले कर्मचारीको सरकार र चार दलले मुलुकको साधन स्रोत दुरुपयोग गरेको बताए । ‘स्रोत साधनलाई दुरुप्रयोग गरेर जर्बजस्ती निषेधको राजनीति गर्न खोजिएको छ,’ उनले भने ।

बाह्य शक्तिको इशारामा सेना र प्रहरीलाई प्रयोग गरेर राज्यले नै हिंसाको राजनीति गरेको उनले आरोप लगाए । उनले भने, ‘बाह्य शक्तिको प्रभाव र हस्तक्षेपको दबाबमा हुने निर्वाचनले कुनै निकास दिँदैन ।’

प्रतिक्रिया