धनगढी : कैलालीमा निर्वाचन आयोगद्वारा जारी मतदाता अस्थायी परिचयपत्र शुक्रबारबाट वितरण गरिएको छ । मतदान केन्द्रबाट मतदाता परिचयपत्र दिन सुरु गरेपछि शुक्रबार सबै मतदान केन्द्रमा परिचयपत्र लिनेको भिड लागेको थियो ।
जिल्लामा रहेका ४ सय ८२ मतदान केन्द्रबाट उच्च सुरक्षाका साथ मतदाता परिचयपत्र वितरण भइरहेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
परिचयपत्र लिन आफै उपस्थित हुनुपर्ने वा नाता प्रमाणित हुने काजात पेश गर्नुपर्ने छ । परिचयपत्र २ गते साझ ५ बजेसम्म सम्बन्धीत मतदान केन्द्रबाट वितरण हुने कैलालीका निर्वाचन अधिकारी बिशकसेन ढकालले बताए ।
मतदाता परिचयपत्र लिन छुटेकाहरुले नेपाल सकारद्वारा जारी गरिएको नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट देखाएर पनि मतदान गर्नसक्ने ब्यवस्था रहेको बताइएको छ ।
प्रतिक्रिया