तरकारी बेच्ने चटारोतरकारी बेच्ने चटारो

दैलेख : जिल्लाका दक्षिणी भेकका किसानलाई यतिबेला आफूले उत्पादन गरेका तरकारी बिक्री गर्ने चटारो परेको छ । तरकारी उत्पादनका लागि राम्रो क्षेत्रको रुपमा रहेको बराह, सेरी र गोगनपानीका कृषकले उत्पादन गरेको तरकारी गुराँसे बजारमा सङ्कलन गरिन्छ । विगत २० वर्षदेखि दैलेखमा उत्पादन भएको तरकारी बिक्री गर्दै आएका गुँरासे बजारका श्यामलाल कँडेलले एक वर्षमा एक हजार क्विन्टलसम्म विभिन्न किसिमका तरकारी बिक्री गर्ने गरेको बताए ।
अधिकांश समय चिसो हुने भू–भागका रुपमा रहेको गुँरासेलगायतका क्षेत्रमा उत्पादन भएका आलु, मुला, काउली, बन्दा, साग, टमाटरलगायतका तरकारी दैलेख सदरमुकाम, सुर्खेत, नेपालगन्ज हुँदै बुटवल पोखरासम्म बिक्री गरिन्छ भने, भारतको रुपैडीयासम्म दैलेखको उत्पादित तरकारी बिक्री हुने गर्दछ ।
यातायातको सहज पहुँच भएकै कारण यस क्षेत्रका कृषकको मुख्य उत्पादन तरकारी नै हो । जिल्लाभर रहेको ३४ हजार हेक्टर कृषि योग्य जमिनमध्ये बेमौसमी तरकारी उत्पादनका लागि तिन सय ५० हेक्टर जमिन प्रयोगमा आएको छ, भने अन्य सबै समयमा गरिने तरकारी खेतीका लागि १४ सय हेक्टर जमिनमा तरकारी खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया