तरकारीको भाउ बढ्यो

Tarkari-Dolkhaसर्लाही : जिल्लाको लालबन्दीमा हरियो तरकारीको मूल्य उच्च भएपछि यसबाट सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
संविधानसभाको निर्वाचनको समयमा तरकारीको निर्वाचनको समयमा ४० देखि ५० प्रतिशतले मूल्यवृद्धि भएको उपभोक्ता बताउँछन् । दैनिक एक करोड रुपिँया बराबरको तरकारीको व्यापार हुने लालबन्दी बजारमा अहिले ताजा फूलकोवी प्रतिकिलो ८० देखि ९० सम्म बिक्री हुने गरेको छ ।
लालबन्दी, हरिऔन, हुर्कोली, रानीगन्ज, बैलवास, बबरगन्ज, बेला, महोत्तरीको गौशाला, खैरमारबाट आउने तरकारीको ढुवानी र अन्य खर्च जोडेपछि तरकारी यति महागो भने नहुनुपर्ने उपभोक्ताको भनाइ छ । लालबन्दीको तरकारीले काठमाडौं, नारायणघाट, हेटौंडा, बुटवल, पोखरा, वीरगन्ज, गौर, जनकपुर, सिन्धुली, रामेछाप, लहान, इटहरी, सुनसरीको बजारसम्म पुगेको तरकारी बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।
यहाँ बिक्री हुने तरकारीमध्ये २५ प्रतिशत तरकारी मलङ्गवाको बाटो भएर भारतको सोनवर्षा बजारसम्म जाने गरेको छ भने ५० प्रतिशत तरकारी उपत्यकामा तथा २५ प्रतिशत तरकारी स्थानीय बजारमा खपत हुने गरेको किसान वासुदेव महतोको भनाइ रहेको छ ।
नेपालको कूल जनसङ्ख्यामध्ये लालबन्दीको तरकारीले ५० प्रतिशत मागलाई पूरा गरेको छ भने हरिऔन, भूर्कौली, भक्तिपुर, सागरनाथ, लालबन्दी, लक्ष्मीनियाँ र खैरमारामा व्यावसायिक रुपमा परवरखेती सुरु भएपछि यहााको स्थानीय मागलाई यसले पूर्ति गरेको यसको खेतीमा संलग्न किसान बताउँछन् ।
करिब एक महिनादेखि लालबन्दीमा तरकारीको भाउ अस्वभाविक रुपमा बढिरहेको छ उत्पादन क्षेत्रबाट भाउ बढेर आएकाले थोक मूल्यमा समेत वृद्धि भएको विक्रेताले दाबी गर्दछन् । (सौस)

प्रतिक्रिया