चितवन, २७ कात्तिक । कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाले कम्युनिष्टहरुको झुण्डले संविधानसभा निर्वाचनमा कुनै असर नपार्ने बताएकी छन् ।
चितवनको भरतपुर–८, गौरीगञ्जमा आज (बुधबार) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कोइरालाले कम्युनिष्टहरुले कांग्रेसलाई असर नगर्ने बताईन् ।
‘आगामी चुनावमा कम्युनिष्टहरुलाई जनताले दण्ड दिने छन्,’ उनले भनिन्, ‘लोकतान्त्रिक संविधानका लागि कांग्रेसको बहुमत अनिवार्य छ ।’
उनले अघिल्लो संविधानसभामा लोकतान्त्रिक शक्ति कमजोर भएका कारण नयाँ संविधान बन्न नसकेको बताईन् ।
प्रतिक्रिया