टीकापुर, २६ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा प्रत्यक्षतर्फ दुई तिहाई सिट जित्ने दाबी गरेका छन् ।
कैलालीको टीकापुरमा आज (मंगलबार) आयोजित चुनावी कार्यक्रममा दाहालले प्रत्यक्षतर्फ रहेका २ सय ४० मध्ये १ सय ६० सिटमा जित हासिल गर्ने बताए । ‘एमाओवादी १ सय ६० स्थानमा अग्रस्थानमा छ,’ उनले भने ।
चुनावी माहोल एमाओवादीको पक्षमा भएको बताएका उनले प्रत्येक्षतर्फ दुइतिहाई आउनेमा ढुक्का रहेको उल्लेख छ ।
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुले चुनाव बहिष्कार गरेर जनतालाई धोका दिएको बताए ।
‘नेकपा–माओवादीले आफैले उठाएका एजेण्डा कार्यान्वयन गर्नुपर्ने बेलामा चुनाव बहिष्कार गर्नु दु:खद हो,’ उनले भने ।
त्यसै गरी अध्यक्ष दाहालले एमाओवादीले बहुमत पाएमा १० वर्षमा मुलुकले तीव्र विकासको गति लिने आश्वासन दिए । उनले आगामी १५ वर्षमा बेरोजगारी हटाउने अभियानमा लाग्ने बताए ।
प्रतिक्रिया