६० टन स्याउ उत्पादन

appleजुम्ला : यस वर्ष पटमारा–९ उर्थुले ६० टन स्याउ उत्पादन गरी करिब २० लाख आम्दानी गरेको छ । विगतका वर्षमा भन्दा यसवर्ष स्याउ बढी उत्पादन भएपछि उर्थु गाउाका स्याउ कृषक अत्यन्तै खुशी भएका छन् । डेढ वर्षदेखि आइपिएम पद्धतिअनुसार स्याउ खेती गर्न थालेपछि ‘ग्रेडए’को गुणस्तरीय स्याउ फलाउन सफल भएको देउती बज्यै आइपिएम कृषक पाठशाला एवम् वरिष्ठ स्याउ कृषक तुलबहादुर विष्टले बताए ।
कृषक विष्टका अनुसार जुम्लाको स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न तथा गुणस्तरीय एवम् रोगमुक्त स्याउ उत्पादनका लागि आइपिएम प्रविधि अपनाएको हो । स्याउका अलवा त्यसबाट बनेको स्याउका चाना मात्र एक टन बेचिएको कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटाले जानकारी दिए । यता बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले उर्थुबासी स्याउ कृषकलाई आम्दानीको केही अंश भएपनि स्याउ बगैंचा व्यावस्थापनमा लगानी गर्न अनुरोध गरे । (सौस)

प्रतिक्रिया