चुनावमा सहयोग गर्न नागरिक अभियान

खोटाङ, २४ कार्तिक । संविधान शभा निर्वाचनलाई भयरहित, स्वच्छ, विस्वसनिय र धााधली रहित सम्पन्न गराउन तथा निर्वाचनलाई सहयोग पुर्‍याउन आइतबार नागरिक अभियान समन्व्य समितिको गठन गरिएको इन्सेक प्रतिनिधी डि एम चाम्लिङले बताएका छन् । आसन्न निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधि सम्मिलित भेलाले मंसिर ४ गते हुने निर्वाचन स्वच्छ बनाउनका लागि नागरिक अभियान समिति समन्वय समिति गठन भएको हो । भेलाले इन्सेक प्रतिनिधि डिएम चाम्लिङ राईको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । समितिमा नागरिक समाजका प्रतिनिधि, विभिन्न मानवअधिकार संघसंस्थाका प्रतिनिधि, निर्वाचन पर्यवेक्षण संस्थाका प्रतिनिधी र पत्रकार सदस्य रहनेगरी १३ सदस्यीय समिति गठन भएको हो । भेलाले पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउने, निर्वाचनमा हुने सम्भावित घटना, आचार संहिताको पालना गर्ने तथा गर्न लगाउने विषयमा सम्वन्धित पक्षलाई दबाव दिने पनि निर्णय गरेको छ ।

जिल्लमा ठुला भनिने राजनितिक दलहरुले नै आचार संहिता उलंघन गरिरहेको भन्दै यस्तो निर्णय गर्नु परेको संयोजक राईले बताए ।

प्रतिक्रिया