धनगढी, २५ कात्तिक । बिरामी मानिसहरुको उपचार गर्दै आएका एकजना चिकित्सक पछिल्ला दिनमा बिद्यमान समाजमा रहेका सामाजिक कुरीतिको पनि उपचार गर्न सक्रिय भएर लागेका छन् ।
पुस्तौंदेखिको जातीय विभेद रहादै आएको बझाङको कोइरालाकोट गाविसको विस्खेत गाउमा दलित र गैरदलित बीच रहादै आएको छुवाछुत जस्तो कुप्रथालाई हटाउन ती चिकित्सकले शनिबार बाहुनजातीका घरको दही र दूध दलित समुदायका मान्छेलाई खुवाएर उदाहरणिय काम गरेका छन् ।
गाउाकै समाजसेवी डाक्टरको पहलमा दलित र गैरदलित बसेर यस्तो काम गरेपछि यहााका दलित समुदायका मान्छेहरु खुसी भएका छन् । विस्खेतगाउमा वस्ने बाहुन, खत्री तथा दमाइा, सुनार, सार्की समुदायका मानिसहरु सो गाउाका डा. तेजराज जोशीको घरको आगनमा भेला भएर दही, दूध र पानी साटासाट गरी खाएका थिए ।
भेलामा बाहुनजातीले आफ्नो घरमा भएको दही र दूध दलित समुदायलाई खुवाएका थिए भने दलित समुदायका मानिसको हातबाट बाहुनजातीले पानी खाएर बिस्खेतगाउमा शनिबारदेखि जातीय विभेद र छुवाछुतको नरहेको घोषणा भएको दलित अगुवा तथा राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय सदस्य श्याम सुनारले बताए ।
गाउामा बाहुनजाति धेरै भएकाले यो गाउामा वर्षौदेखि दलित समुदायका मानिसलाई छुवाछुतका साथै अन्य कुरामा विभेद गरी घृणित गरिन्थ्यो । ढिलै भएपनि यहााका स्थानीयबासिन्दा डा. तेजराज जोशीको पहलमा जिल्लामै पहिलोपटक बिस्खेत गाउाबाट छुवाछुत तथा जातीय विभेद हटेको स्थानीयबासीको भनाइ छ ।
छुवाछुत तथा जातीय विभेद हटाउने कार्यक्रममा गाउाका सबै महिला, युवा बुद्धबृद्धाहरु पनि भेला भएका थिए । कार्यक्रममा डा. जोशीले आफ्नो घरबाट दही र दूध ल्याएर दलित समुदायका मानिसलाई खुवाए पछि अन्यले पनि आ–आफ्नो घरबाट दही र दूध ल्याएर उपस्थित दलित समुदायका मानिसहरुलाई खुवाएका थिए भने दलित समुदायका मानिसले ल्याएको पानी आफूले खाएका थिए ।
गाउाको सामान्य परिवारका डा. जोशी तिहारको विदामा पुख्यौली घर बिस्खेत आएका हुन् । काठमाण्डौंको एक सरकारी अस्पतालमा काम गर्ने डा. जोशी घरमा आएका बेला समाजमा रहेका कुरीति हटाउने र सामाजिक चेतना फैलाउने काम गर्दै आएका छन् ।
‘बिस्खेतगाउा ३० वर्ष अगाडी जस्तो थियो, अहिले पनि उस्तै छ । कुनै सामाजिक परिवर्तन नदेखे पछि सबैलाई सम्झाइ बुझाइ समाजमा कुरितिको रुपमा रहेको छुवाछुत तथा जातीय विभेद हटाउने कार्यक्रम गरेको हुा,’ जोशीले भने, ‘दलित र गैरदलित समुदायका मानिसहरु कार्यक्रम सहभागी भइ बिना झन्झट दही, दूध र पानी साटासाट गरेर खाएपछि खुसी भएको छु ।’
‘परापूर्वकालदेखि हामीले छोएको गैरदलितले खाने गरेका थिएन र उनीहरुको घरमा भएको गोरस (दही, दूध) हामीले खाएका थिएनौं,’ स्थानीय बृद्ध कलक सुनारले भने, ‘पहिलोपटक सबै एकै ठाउामा बसेर दही, दूध र पानी साटासाट गरेर सागै खादा के भएको हो भनेर अचम्म लागेको छ ।’
नसोचेको कुरा हुदा सपना हो की बिपना हो आफूले ठम्याउन नसकेको कलकले बताए । बिद्यमान छुवाछुत र जातीय विभेद हटाउन विस्खेतमा भएको यो कार्यक्रमले सकरात्मक सन्देश अन्य गाउामा पनि दिने स्थानीय शिक्षक सुरेन्द्र जोशीले बताए ।
डा. जोशीले सामाजिक कुरिति हटाउन भोज भागरथी ट्रस नामक संस्था पनि खोलेको छन् । काठमाण्डौंमा खोलेको यो संस्थाको शाखा बिस्खेतगाउमा पनि राखिएको छ । गाउामा आएका बेला डा. जोशीले यही संस्थाबाट छुवाछुत प्रथा, छाउपडी प्रथा, सुत्केरी प्रथा अन्त्य तथा छोरीलाई पनि स्कुल पठाउनेलगायतका चेतनामुलक काम गर्दै आएको स्थानीय लक्ष्मीराज जोशीले बताए ।
प्रतिक्रिया