महासचिव साह एमाओवादीमा प्रवेश

सुनसरी, २४ कात्तिक । विजयकुमार गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको भगिनी संगठन महिला फोरम लोकतान्त्रिककी केन्द्रीय महासचिव महालक्ष्मी साहले पार्टी परित्याग गरेकी छन् ।

फोरम लोकतान्त्रिक परित्यागसँगै साह एमाओवादीमा प्रवेश गरेकी छन् । साहसहित झण्डै तीनसय महिला समेत एमाओवादी प्रवेश गरेका छन् । साह सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत दुहवी–४ की वासिन्दा हुन् ।

मोरङको उर्लाबारीमा शनिवार आयोजित चुनावी कार्यक्रममा उनहरुलाई मोरङ ९ का प्रत्यक्ष तर्फका उम्मेदवार वर्षमान पुनले पार्टी प्रवेश गराएका ।

महासचिव साहको एमाओवादी प्रवेशले गच्छेदारलाई ठूलो धक्का लाग्ने विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया