दिक्तेल–जयराम यातायात सुरु

खोटाङ, २४ कात्तिक । वर्षायाममा अवरुद्ध भएको दिक्तेल–जयरामघाट सडकखण्ड सामान्य मर्मतपछि सञ्चालनमा आएको छ । भलबाढीले बनाएको खाल्डाखुल्डी पुरेर सडकको सामान्य मर्मतपछि मध्यपहाड लोकमार्गअन्तर्गत दिक्तेल–जयरामघाट सडक खण्डमा सीधा यातायात सेवा सञ्चालनमा आएको हो ।

वर्षामा आएको पानीले बाटो बिग्रेका कारण पााच महिनादेखि अवरुद्ध भएको सडक खण्डको सदरमुकाम दिक्तेलस्थित जिरो प्वाइन्टदेखि मर्मत कार्य गरिएको हो । मर्मतपछि सिधा यातायात सेवा सञ्चालनमा ल्याइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुर्इंटेलले बताए । सडक विभागको आर्थिक सहयोगमा ४२ किलो मिटर लामो उक्त सडक खण्ड मर्मत गरिएको अध्यक्ष लुईंटेलले जानकारी दिए ।
तराईसाग सिधा यातायात सेवा जोडिएको उक्त सडक खण्डमा सवारी साधन आवत–जावत सुरु भएसागै सर्वसाधारणलाई सहज भएको छ । सिधा यातायात सेवा सुरु भएपछि जिल्लामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न तथा यात्रुहरूलाई आवत–जावत गर्न समेत सहज भएको उद्योग वाणिज्य संघका अध्यक्ष खुशनारायण सौजुले जानकारी दिए ।
यसअघि जयरामघाटदेखि सदरमुकाम दिक्तेलसम्म आउने तथा बाहिर जाने यात्रुहरूले दुई घण्टासम्म हिाड्नुपर्ने बाध्यता थियो । सडक मर्मतसागै सर्वसाधारणको समस्या हल भएको खोटाङ यातायात व्यवसायी संघले जनाएको छ ।

प्रतिक्रिया