निर्वाचनका लागि सुरक्षा प्रबन्ध मजबुत छ

काठमाडौ, २४ कात्तिक । संविधानसभा निर्वाचनका लागि सुरक्षा प्रबन्ध मजबुत बनाएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मङ्सिर ४ को निर्वाचनका दिन मतदाताले आफ्नो घरबाट मतदानस्थलमा पुगी मतदान गर्न र मतदान गरेपछि सुरक्षित घर फर्कन सक्ने गरी सुरक्षाको व्यवस्था मिलाएको जानकारी गृहमन्त्री माधव घिमिरेले दिए । शनिवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार निर्वाचनमा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको परिचालन भइसकेको छ । नेपाली सेना ६२ हजार, नेपाल प्रहरी एक लाख १० हजार, सशस्त्र प्रहरी ३२ हजार र म्यादी प्रहरी ४५ हजार परिचालन भएका छन् ।
ती सुरक्षा निकायले निर्वाचनमा भाग लिएका उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदानस्थल, निर्वाचन सामग्री, मतदातालगायत १५ विषयमा सुरक्षा दिनेछन् भने मतदानस्थलको पोजर रिङ्मा नेपाल प्रहरी, दोस्रो रिङ्मा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले सुरक्षा दिनेछ । पत्रकार सम्मेलनमा गृहमन्त्री माधव घिमिरेले निर्वाचनमा भाग लिएका राजनीतिक दलहरुलाई स्वच्छ प्रतिष्पर्धामा उत्रन आग्रह गरे । गृहमन्त्री घिमिरेले जनताको मौलिक अधिकार रक्षाका लागि सरकार निर्वाचन सम्पन्न गर्न कठोर रुपमा प्रस्तुत हुने जानकारी दिादै सरकारको यो कठोरपन कुनै दल विशेषमा लक्ष्यित नहुने बताए ।
“निर्वाचन बिथोल्ने, मतपेटिका लुट्ने सपना कसैले नदेखे हुन्छ, प्राणभन्दा प्यारो जनताको अभिमत खसेको मतपेटिका लुटन् कसैले आाट नगरे हुन्छ”–गृहमन्त्री घिमिरेले भने निर्वाचनका लागि एकीकृत सुरक्षा योजना कार्यान्वयन भइराखेको, निर्वाचनका अवधिमा आवश्यक निर्देशन, सहयोग र सूचना प्रवाहलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सबै सुरक्षा निकायसहित केन्द्रीय निर्वाचन सेलले काम गरिराखेको गृहमन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया