काठमाडौ : मंसिरको दोस्रो सातो नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘उर्वशी’को नयाँ गीत ‘सजाउँला तिम्रो जोवन …’ सार्वजनिक भएको छ । बुधवार ठूलो पर्दा डट कमबाट सार्वजनिक गीतमा वीरेन्द्र अग्रहरीको संगीत, राजेश पायल राई र रेजिना रिमालको स्वर तथा सन्तोष अग्रहरीका शब्द रहेका छन् ।
चलचित्रमा समावेश अन्य गीतहरूमा विकाश चौधरी र अर्जुन कौशलको संगीत रहेको छ । सन्तोष अग्रहरी, जानकी पन्थ र कृष्ण कार्कीका शब्द तथा राजेश पायल राई, ईन्दिरा जोशी, सन्तोष लामा, प्रविशा अधिकारी, रेजिना रिमाल, आकांक्षा बस्याल र अर्जुन कौशलको स्वर रहेको छ ।
मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’ लाई हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेका छन् । किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ, मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राईलगाएत कलाकारको अभिनय गरेका छन् ।
प्रतिक्रिया