केकीलाई कसले दियो मुटु नै झिकेर ?

Keki-Adhikariकाठमाडौं : गायिका सुधा रत्नले नयाँ एल्बम ‘सुधा’ बजारमा ल्याएकी छिन् । सो एल्बममा समावेश ‘शिरैको फूल …’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमर प्रेम म्यूजिकले बजारमा ल्याएको सो एल्बममा रहेको उक्त गीतको भिडियोलाई भने प्रसन्न पौडेलको निर्देशनमा लाईमलाईट क्रियशनले तयार पारेको हो ।
भिडियोमा नायिका केकी अधिकारी, रक्षा पाण्डे, दिवस र बिनोदको अभिनय रहेको छ । टेकेन्द्र शाहको संपादन रहेको सो भिडियोमा प्रेमकथा दर्शाइएको छ । शिरैको फूलमा किरण कँडेलको म्युजिक एरेन्जमेन्ट रहेको छ ।
यसअघि ‘म त मर्छु क्यारे …’, ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ …’ जस्ता दर्जनौँ गीतमा संगीत भरेका नीम संगीतको एकल संगीतमा बजारमा आएको सो एल्बममा सुधा रत्नको एकल स्वर रहेको छ । यो उनको पहिलो आधुनिक गीति एल्बम हो ।
केही रियालिटी शोमा चर्चामा आएकी सुधा लामो समयको संगीत शिक्षा पश्चात स्रोता–दर्शक माझ आएकी हुन् ।

प्रतिक्रिया