खोल ओढेको नक्कली कम्युनिष्ट एमाले

Puspakamal-Dahalसर्लाही, २२ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले र एमाले अध्यक्ष झलनाथ खनाललाई नक्कली खोल ओढेको कम्युनिष्टको संज्ञा दिएका छन् ।

सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) आयोजित चुनावी सभामा अध्यक्ष दाहालले एमाले अध्यक्ष झलनाथ खनाल एक नम्बरको विश्वासघाती रहेको आरोप लगाए ।

एउटा कर्मचारीको हाकिमलाई कारवाही गर्ने विषयमा झलनाथ खनालसँग सल्लाह गरेरै अन्तिम निणर्यमा पुगेको भन्दै अध्यक्ष दाहालले भने, ‘पहिला सहमति जनाउने झलनाथ खनालले पछि पहिलो नम्वरमा राष्ट्रपतिसमक्ष पुगेर कारवाही नगर्न विन्ती भाउ गरेर धोको दिए ।’ प्रधानसेनापति प्रकरणमा एमालेले धोका दिएको दाहालको गुनासो थियो ।

‘एमाले अध्यक्ष झलनाथ खनाल कम्युनिष्टको नक्कली खोल ओढेर बसेका एक नम्वरको विश्वासघाती नेता हुन्,’ उनले भने, ‘खनाल कुनै अडान नभएका मान्छे पनि हुन् ।’

एमालेलाई जनताले नै लतारेर जवरजस्ती गणतन्त्र र संघीयता पक्षधर बनाएको दाहालले उल्लेख गरे ।

एमाओवादी अध्यक्ष दाहालले कांग्रेस र एमाले दुबै पार्टी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधर रहेको बताए । कांग्रेस र एमालेका कारण मुलुकलाई धर्मनिरपेक्षता बनाउन समस्या भएको उनले बताए ।

‘सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा झलनाथ खनाल र केपी ओली देखिएका छन्,’ उनले भने । सभामा अध्यक्ष दाहाल एमाले र एमालेका नेताहरुसँग आक्रामक देखिएका थिए ।

प्रतिक्रिया