सानो पर्दाका हास्यकलाकार हलमा आउँदै

6-ekaan-6काठमाडौ : पुसाको २६ गते तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार नयाँ अवतारमा हलमा आउँदै छन्। हाँसो र मनोरन्जनको नयाँ डोज चलचित्र ‘६ एकान ६’ मा चचिर्त हाँस्य टेलिश्रृंखलाका मुख्य कलाकारहरुको अभिनय रहेको छ ।
दिपक राज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, सिताराम कट्टेल, सन्दिप क्षेत्री लगायतका हाँस्य कलाकारहरुको अभिनय सो चलचित्रमा रहेको छ। चचिर्त आरजे, भिजे तथा कलाकार दिनेश डिसीको निर्देशनमा तयार ‘६ एकान ६’मा नायक राजबल्लभ कोईराला, निर शाह र गजित बिष्टको बिशेष भुमिका रहेको छ। छ जना हिरोकी एउटी हिरोईन बनेर निता ढुंगानाले अभिनय गरेकी छिन् । कमेडी एक्शन चलचित्र ‘६ एकान ६’मा शम्भुजित बास्कोटाको संगीत, एनबी महर्जनको द्वन्द, गम्भिर बिष्टको नृत्य, पुरुषोत्तम प्रधानको क्यामेरा रहेको छ । दिपक राज गिरीको कथामा बनेको सो चलचित्रमा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले निर्देशक डिसीसँगै शिर्ष गीत गाएका छन ्। काठमाण्डौ र धुलिखेलमा छायांकन भएको ‘६ एकान ६’को अहिले अन्तिम सम्पादन भईरहेको छ । (सौस)

प्रतिक्रिया