चुनावी सामग्री हेलिकोप्टरमार्फत ढुवानी

धनगढी, २२ कात्तिक । ४ मंसिरमा हुने दोस्रो संविधानसभा सदस्य निर्वाचनका लागि चाहिने आवश्यक निर्वाचन सामग्री बझाडमा मंगलबारदेखि हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको छ ।

मतदान गर्ने दिन नजिकिँदै आएकाले जिल्लामा सडक यातायात भरपर्दो नभएकाले शान्तिसुरक्षाको कारण जनाई उक्त सामग्री हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए ।
सुर्खेतबाट बझाड–बाजुरा र बैतडीका लागि हेलिकोप्टरमा निर्वाचन सामग्री ढुवानी गरिँदै आएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । ४ मंसिरमा हुने मतदानका लागि आवश्यक सामग्री मतपत्र, मतदाता नामावली, मतपेटीका स्वस्तिक छापलगायत अन्य सामग्री ढुवानी गरिएको छ ।
जिल्लामा तोकिएका मतदान केन्द्रमा २५ गतेदेखि सामग्री पठाइने बझाङका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार जिल्लामा कर्मचारी छनौट र सुरक्षा व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय बझाङले बुधबार जिल्लास्तरीय अन्तक्र्रिया कार्याक्रममा प्रमुख जिल्ला अधिकारी तिमिल्सिनासहित दुवै क्षेत्रका निर्वाचन अधिकृतले राजनीतिक दलका नेता तथा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिसहित नागरिक समाज अधिकारकर्मीहरुलाई निर्वाचन स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न आ आफ्नो ठाँउबाट सहयोग गर्न आग्रह गरेका छन् ।
जिल्लामा निर्वाचन आयोगबाट मतदाता परिचयपत्र आउन बाँकी रहेको र अन्य सवै सामान आएकाले विहीबारदेखि मतदान अधिकृतहरु सहित अन्य कर्मचारीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा पठाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले जनाएको छ ।
बझाङमा यसपाली सुरक्षाकर्मी बाहेक मतदान केन्द्रमा १६ सय ६८ जना कर्मचारी खटिने भएका छन् । एक मतदान केन्द्रमा तीन प्रहरी र म्यादी सहित ६ जना प्रहरी र गाविस स्तरमा सेनाको एक क्याप रहने जनाइएको छ ।
जिल्लाबाट मोवाइल गस्ती गरिने र आवश्यक भए हेलिक्टर मार्फत सुरक्षाकर्मी पठाइने तयारी भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । निर्वाचन कार्यालयका अनुसार बझाङ १ नम्वर क्षेत्रमा ४० हजार ३ सय ७१ र २ नम्वर क्षेत्रमा ४४ हजार ५ सय ४१ मतदाता संख्या रहेको छ ।
जिल्लाका कााडा दहबगरलगायतका दुर्गम मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटीका ओसार्ने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले चुनाव स्वतन्त्र, निष्पक्ष र धाादलीरहित गर्न सरकार तयार भएकाले जनताहरुले निर्धक भएर मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया