उनीहरुको शब्द कोषमा ‘लोकतान्त्रिक’ छैन

JN-Khanalसर्लाही, २१ कातिक । एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकले लोकतान्त्रिक संविधान चाहेको दोहर्‍याएका छन् । उनले लोकतान्त्रिक संविधानका लागि एमालेको जित अनिर्वाय रहेको बताए ।

सर्लाहीको लालबन्दीमा आज (बिहीबार) आयोजित पार्टी प्रवेशको कार्यक्रममा खनालले मुलुकमा अग्रगामी राजनीतिक निकास एमालेले मात्रै दिन सक्ने बताए ।

‘लोकतान्त्रिक संविधान एकीकृत माओवादी वा कांग्रेसको शब्दकोषमा छैन,’ उनले भने, ‘यस पटक एमालेले बहुमत ल्याए लोकतान्त्रिक नयाँ संविधान बनाउँछ ।’

एमाले अध्यक्ष खनालले तोकिएकै समयमा चुनाव हुने पनि दोहर्‍याए । ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन,’ उनले भने, ‘पराजयको त्रासबाट आत्तिएका केही दल र तिनका नेताहरुको भ्रममा पर्नु हुँदैन ।’

प्रतिक्रिया