तमलोपाका उम्मेदवार खाँको निधन

Sarafat-Aahamad-Khanबुटवल, २१ कात्तिक । तराई मधेस लोकतान्त्रिक पार्टी कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवारको निधन भएको छ ।
६९ वर्षीय सरफत खाँको हृदयघातका कारण मृत्यु भएको परिवारजनले जनाएका छन् । भैरहवास्थित मेडिकल कलेजमा उपचार गराई रहेका खाँको आज (बिहीबार) विहान मृत्यु भएको हो ।

उनलाई बुधबार हृदयघात भए पछि भैरहवा उपचारका लागि लगिएको थियो ।

यसैबीच, निर्वाचन आयोगले तमलोपालाई खाँको स्थानमा अर्को उम्मेदवारको उम्मेदवारी दर्ता गर्न समय दिएको छ ।

प्रतिक्रिया