एमाले कार्यकर्ता चढेको ट्याक्टर दुर्घटना

bajuraधनगढी, २० कात्तिक । बाजुरामा एमाले कार्यकर्ता चढेको ट्याक्टर दुर्घटना भएको हुँदा २६ जना घाइते भएका छन् । घाईते मध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

बेतालमाण्डौंबाट थालासैन जाँदै गरेको से १ त ५७१४ नम्वर ट्याक्टर आज (बुधबार) मध्यान्ह बार्जुगाड भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर एमालेको चुनावी प्रचार प्रसारका लागि यात्रु लिएर थालासैन जाँदै गरेको थियो ।

दुर्घटनामा बृख शाही, चेत शाही, नरबहादुर शाही, हर्क शाही, लाकेन्द्र शाही र नेत्र शाहीको अवस्था चिन्ताजनक छ । घाईते अन्य यात्रुको अवस्था सामान्य रहेको घटनास्थलमा रहेका राजेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । प्रहरी घटनास्थल पुगीसकेको छ ।

प्रतिक्रिया