कांग्रेस र एमाले बिसर्जनतिर अग्रसर : दाहाल

Puspakamal-Dahal-10झापा, २० कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको निधनसँगै कांग्रेस बिसर्जनको बाटोमा लागेको बताएका छन् ।
झापाको काँकडभिट्टामा आज (बुधबार) मेची–काली अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले कांग्रेस र एमाले बिसर्जनतिर लागेको बताए । ‘गिरिजाप्रसाद कोइरालाको निधनसँगै कांग्रेस र मदन भण्डारीको निधनसँगै एमाले बिसर्जनको दिशामा अगाडि बढेका छन् ।’

कांग्रेसलाई बुढो रुखले किचिएर क्षतबिक्षत बनाएको बताएका दाहालले भने, ‘एमालेमा कांग्रेसको जति पनि प्रभाव छैन ।’

कांग्रेस र एमालेले मुलुकका लागि कुनै काम गर्न नसक्ने भन्दै दाहालले एमाओवादीलाई बहुमत दिन आग्रह गरे । ‘अघिल्लो संबिधानसभामा हामीलाई ठूलो दल बनाउनु भयो तर बहुमत प्राप्त भएन,’ उनले भने, ‘हामीलाई पूर्ण बहुमत आउनु पर्छ ।’

प्रतिक्रिया