अध्यक्ष रेग्मीद्वारा चुनावमा सहभागी हुन अपील

Khilraj-Regmiकाठमाडौं, १८ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव तोकिएकै समयमा हुने भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

राजधानीमा आज (सोमबार) नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रेग्मीले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन सफल हुने बताए ।

उनले जनातालाई भ्रममा नपरी चुनावमा सामेल हुन पनि अपील गरे । चुनावका सम्बन्धमा विभिन्न अड्कलवाजी भईरहेका बेला अध्यक्ष रेग्मीले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

चुनावको वातावरण बनाउने जिम्मेवारी सबैको रहेको भन्दै उनले सरकारले शान्ति सुरक्षाको वातावरण बनाउने बताए ।
उनले निर्वाचनमा सहभागी हुन विभिन्न राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, तथा जनसमुदाय अपील पनि गरे ।

प्रतिक्रिया