‘दोस्रो संविधानसभा एमाओवादीको एजेन्डा’

prachandaदैलेख, १७ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादीले दोस्रो संविधानसभा चुनावको प्रस्ताव ल्याएको बताए । दैलेखमा सम्पन्न चुनावीसभामा अध्यक्ष दाहालले कांग्रेस र एमालेले संविधानसभा निर्वाचनमा एमाओवादीको बहुमत आउने देखेर चुनाव हुन नदिन षड्यन्त्र गरेको आरोप लगाए ।

दोस्रोपटक दैलेख पुगेका प्रचण्डले टिकट वितरण र समानुपातिकको नामावलीमा केही कमजोरी भएको स्विकार्दै २६ सिट मनोनीतमा पनि तान्न सकिने भन्दै सिधै मन्त्री बनाउने व्यवस्था भएकाले मनोनयन गर्न सकिने आश्वासनसमेत दिएका थिए ।
००७ सालदेखि सत्तामा पुगेका कुनै पनि पार्टी ५ वर्ष पूरा टेक्न नपाएको भन्दै ०४६ सालको संसदीय चुनावमा कांग्रसले बहुमत ल्याउदा पनि पाँच वर्ष सत्तामा टिक्न नसकेको बताउँदै सत्ता सञ्चालनमा विदेशीको चलखेल हुने उनले बताए ।
सामन्तवाद र पँुजीवादको अन्त्य गर्नका लागि र जनताको पक्षमा संविधान निर्माण गर्नका लागि एमाओवादीलाई बहुमतको आवश्यक भएकाले दैलेखको दुवै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । डोल्पाको चुनावी सभालाई सम्वोधन गरि ९एन ए के ए फिस्टेल हेलिकप्टरमा दैलेख पुगेका प्रचण्डले दैलेखिलाई संम्वोधन गर्दा यस अघि पनि झुक्कीएर दोलखा बासि भनेर संम्बोधन गरका थिए ।

प्रतिक्रिया