पहिलो भिडियोबाटै मनमनमा रविन दास

Robeen-dasकाठमाडौ : कला क्षेत्रका व्यक्तिले फ्यान बनाउन सजिलो छैन। नेपालको परिवेशना सयौँ प्रतिस्पर्धीबाट कोहि व्यक्तिले मात्र शिर देखाउन सक्छ। दशौँ योग्य कामहरुबाट पनि उसले आफ्नो नाम नपाउन सक्छ तर कोहि यस्ता व्यक्ति छन् जसले एउटै कामबाट जस पाउँछ । जसले दर्शकलाई आफ्नो काबुमा पार्छ उसले जस पाउँछ, पैसा होईन कामको मुल्य पाउँछ। भलै उसले त्यो ज्ञान आर्जनलाई अधिक समय किन नखर्चोस् दर्शकले नपत्याए त्यसको अर्थ देखिदैन ।
झापा बाह्घरेका रविन दास यस्ता युवा कहलिए जसले पहिलो कामबाट नै अनेक चर्चा र सफलता पाए । झापामा जन्मे हुर्केर हाल काठमाडौमा रहि नेपाली कला र संगीत क्षेत्रमा पाईला चालेका उनको पहिलो म्यूजिक भिडियो ‘झिल्के बादल …’ जुन अधिक चर्चामा छ। बादल प्रसाईँको एल्बम ‘झिल्के बादल’मा समावेश सो शिर्ष गीतको भिडियोको लागि बादलले नै अफर गरेका थिए।
बादलले यसकारण रविनलाई पत्याउनु पर्यो की उनले रविनको ज्ञानलाई नजिकबाट नियाले। बादल आँफैसँग हार्न सकेनन् अनि जिम्मा दिए ‘झिल्के बादल’को जुन बादलको भबिष्यको नयाँ मोड ? थियो र कहलियो । आफ्नो भबिष्यसँग खुकुरीको धारमा हिँडेका बादललाई यति विश्वास थियो की रविनले कुनै गुनासो गर्ने ठाउँ राख्नेछैन। ‘चर्चापछिको कुरा होईन, जिम्मेवारी सुम्पिँदै मैले आजको कल्पना गरिसकेको थिएँ’ आँफैमा म्यूजिक भिडियो निर्देशक रहेका गायक प्रसाईँले भने ‘काम गर्ने क्षमता उनको कर्मशिल व्यबहार र उत्साहले दर्शाउँछ’।
रविनले दोश्रो भिडियो पनि बादलको नै गरे। स्वगिर्य कुल पोखरेलको शब्द संगीतमा बादल प्रसाईँले नै स्वरवद्द गरेको ‘यसपाली दशैँमा …’ जुन गीतले पनि दशैँताका चर्चा बटुल्यो। दशैँ लक्षित सो भिडियोले प्राय : नेपाली विदयुतिय सञ्चार माध्यममा कब्जा जमायो । म्यूजिक भिडियोमा केहि बर्ष खर्चेर अब्बल भएपछि मात्र चलचित्रतर्फ लाग्ने रविनको योजना छ। गीतलाई भिडियोद्वारा मारेका केहि निर्देशकलाई लक्षित गर्दै रविन भन्छन् ‘गीतको भावअनुसार काम गर्नुपर्छ, भिडियोको नाममा सृजनाको निधन हुनुहुँदैन’।

प्रतिक्रिया